site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘एनटीसी’ले दियो निशुल्क ‘एसएमएस’ सेवा, यसवर्ष टेलिकमले २२ अर्ब पुँजिगत लगानी गर्ने
Ghorahi CementGhorahi Cement

काठमडौं ।  नेपाल टेलिकमले निशुल्क ‘एसएमएस’ सेवा उपलब्ध गराएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाहरुको उद्दार तथा राहत दिने उद्देश्यले आइतबारदेखि मंगलबारसम्म आफ्नो नेटवर्क भित्र ‘एसएमएस’ सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । 

सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले  आइतबार पत्रकार सम्मान कार्यक्रममा उक्त सेवाको घोषणा गरेका थिए । उनले टेलिकमले दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउन पर्नेमा जोड दिएका थिए ।  छिटोछरितो रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन पर्ने समेत उनको निर्देशन थियो । 

Agni Group

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा बल्क ‘एसएमएस’मार्फत निःशुल्क रुपमा आवश्यक जानकारी गराउने कार्य निरन्तर चलिरहेको जनाएका थिए । कम्पनीले गत आर्थिक वर्षमा गरेको उपलब्धिको वारेमा जानकारी गराउदै उनले भने, “कम्पनीले आव ०७४÷७५ मा विभिन्न कार्यक्रमहरुमार्फत १७ प्रतिशत ग्राहक थप्ने लक्ष्य राखेको छ,” उनले थपे “जसका लागि सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणमा कम्पनीले करिब २२ अर्ब पूँजीगत लगानी गर्ने योजना तय गरेको छ ।” 

उनले चालु आवभित्र एक करोड ‘जीएसएम प्रोजेक्ट’ अन्तर्गतका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । “ग्राहकहरुलाई रुची र आवश्यकता अनुसारका सेवा छनोट गर्ने अवसर प्रदान गर्न फोरजी एलटीईको बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ,” उनले भने । 

Global Ime bank

सम्मान कार्यक्रममा मन्त्री बस्नेतले नागरिक दैनिकका सञ्चारकर्मी द्वय सन्तोष न्यौपाने (काठमाडौ) र सन्तोष पोखरेल (पोखरा) लाई संयुक्त रुपमा र गोरखापत्र दैनिकका सञ्चारकर्मी  विश्वास रेग्मीलाई सम्मान गरेका थिए । कम्पनीले नेपालका आमसञ्चार माध्यममा टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशनरप्रसारण गरेकाले ती सञ्चारकर्मीहरुलाई सम्मान गरेको जनाइएकोे छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC