site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको विकासका लागि पूर्वाधारको विकास हुनु जरुरी रहेको बताएका छन् ।  

काठमाडौं क्षेत्र नं १० का खेलाडीले आज मन्त्रालयमा गरेको भेटमा मन्त्री केसीले पूर्वाधारबिना खेल क्षेत्रको विकास सम्भव नभएको बताए । “मुलुकको खेलको विकासका लागि नै मन्त्रालयको स्थापना भएको हो, खेल र खेलाडीको विकासमा म प्रतिबद्ध छु,” उनले भने ।  

Agni Group

मन्त्री केसीले सबैका लागि खेल, स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भएकाले राम्रो खेलाडी उत्पादन गर्न सरकारले आवश्यक कदम चाल्ने बताए । उनले शिक्षा, सरसफाइ, विकास निर्माण र राष्ट्रनिर्माणमा खेलाडीको प्रयोग गरे मात्र देशको विकास हुने बताए ।  

“खेलकुदको विकासका लागि सरकारले स्नातक र स्नातकोत्तर तहको शिक्षालाई अगाडि बढाउन लागेको छ,” उनले भने । खेलाडीलाई उत्साहित, व्यवसायी र रोजगार सृजना गर्ने माध्यमका रुपमा विकास गर्न मन्त्रालय लागेको उनको भनाइ थियो । 

Global Ime bank

मन्त्री केसीले केही दिनदेखि मुलुकमा परेको अविरल वर्षाका कारण विभिन्न भागमा बाढी पहिरोले क्षति पुगेको भन्दै विपद्को घडीमा सहयोग गर्न खेलाडीलाई आग्रह गरे ।  

सो अवसरमा खेलाडीहरुले काठमाडौं क्षेत्र नं १० खेलाडी उत्पादनको क्षेत्र भएकाले भूकम्पले क्षति पुगेका मैदानलाई पुनः निर्माण गरी नयाँ खेलमैदान थप्न सके खेलकुदको विकास हुने र खेलकुद मैदान थप्न मन्त्रीसँग आग्रह गरेका थिए । रासस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC