site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

भक्तपुर । भीषण वर्षाका कारण भक्तपुर र ललितपुरको सीमाना भएर बग्ने गोदावरी खोलामा आएको बाढीले यहाँको बस्ती डुबानमा परेको छ । 

वर्षाका कारण बालकोट हाइट, हनुमन्ते खोलामा आएको बाढीले यहाँ आसपासका घर टहरा डुबाउनुका साथै धान र मकै खेती नष्ट भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं ५ र ७ मा पर्ने टीकाथली र चाँगाथली जोड्ने गोदावरी खोलाको सवारी चल्ने फलामे पुल भासिदा यातायात सेवासमेत ठप्प भएको छ । 

फलामे पुल भासिएपछि पुलबाट चारपांग्रे सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएको छ । बाढीका कारण पुलको पश्चिमतर्फको केही भाग भासिएको थियो । बाढीले गोदावरी खोलाको दायाँबायाँतर्फका ५० मिटरसम्म बनेका घर टहरामा पाँच फिटसम्म पानी छिरेको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC