site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बालगृह भवनको पहिलो तला पानीले भरिएपछि उनीहरु दोस्रो, तेस्रो तला र छतमा बसेका थिए । सो स्थानमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, प्रजिअ भट्टलगायत सुरक्षा निकायका प्रमुख पुगेपछि हेलिकप्टर मगाएर उद्धार गरिएको हो । 

यसअघि २०५९ सालमा बाढी आउँदासमेत सो बालगृह डुबानमा परेको थियो । 

Global Ime bank

यस्तै चितवन राष्ट्रिय निकुञ्जका १५ वटा सुरक्षा पोस्टमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार भीमपुर, कछुवानी, जर्नेली, सुकिभार, ध्रुव, घडगाई र बाघमारालगायतका पोस्ट बाढीले डुबानमा परेका छन् । निकुञ्जमा ५७ वटा पोस्ट रहेका छन् । 

निकुञ्ज हुँदै बग्ने खोलाको पानी राप्ती नदीको पानीले ठेलिएपछि पोस्टहरु डुबानमा परेका हुन् । त्यसैगरी निकुञ्जका वन्यजन्तु समेत बाढीले बगाएको अर्यालले बताए । यद्यपि बाढीले बगाएको जनावरको एकिन तथ्यांक भने आउन सकेको छैन । रासस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC