site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा सुकुम्बासी समस्या पेचिलो भएको मेयरको भनाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  काठमाडौं महानगरपालिका प्रमुख विद्याशुन्दर शाक्यले यहाँका बासिन्दालाई वर्षाबाट सुरक्षित रहन आग्रह गरेका छन् । 

दुई दिनअघि बाट परेको अविरल वर्षाका कारण सुदुरपूर्वसहित देशभरिमा ५६ जनाको ज्यान गइसकेकोप्रति संकेत गर्दै मेयर शाक्यले काठमाडौंका बासिन्दालाई पनि वर्षाको सम्भावित क्षतिबाट सुरक्षित रहन आग्रह गरेका हुन् । 
“प्रकृतिलाई कसैले पनि नियन्त्रण गर्न सक्दैन,” शाक्यले भने, “देशको तराई क्षेत्र डुबान र पहाडमा पहिरो मात्र होइन, उपत्याकामा समेत वर्खाले क्षति पु¥याउनसक्ने हुँदा हामी सबैले यथासक्य सुरक्षाका उपायहरु अवलम्वन गर्नुपर्छ ।” 
सुकुम्बासी तथा अव्यवस्थित क्षेत्रमा बसोबास गर्दै आएका महिलाहरुको सहभागितामा महिला एकता समाजले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले काठमाडौंमा सुकुम्बासी समस्या पेचिलो बन्दै गएको बताए । 
“हामीसबै सुकुम्बासीहरुका समस्यासँग जानकार छौं,” यो समस्या सुल्झाउन सम्बन्धित सम्पूर्णले समाधानका उपाय पनि सोच्नुपर्ने बताउँदै सुकुम्बासी सरोकारवालाहरुलाई शाक्यले भने, “समस्याका साथै यसको समाधानका बारेमा पनि केही भिजनहरु ल्याउनुहोस्, जसले सुकुम्बासी समाधानमा कामपालाई ठोस रुपमा काम गर्न सजिलो होस् ।” 
यसका साथै मेयर शाक्यले खोला किनारामा बासस्थान बनाउँदै आएका काठमाडौंका सुकुम्बासीहरुको दैनिकी वर्षाका समयमा थप कष्टकर हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

आफू वडाध्यक्ष रहनुअघि नै काठमाडौंमा सुकुम्बासी समस्या बारम्बार बल्झिदै आएको र यस समस्या समाधानको दीर्घकालीन उपाय नल्याइँदा सुकुम्बासी समस्या पनि फुटपाथ व्यवस्थापनजस्तै कामचलाउ मात्र हुने संकेत गर्दै शाक्यले भने, “पहिला कामपाले फुटपाथमा व्यापार गर्दै आएका व्यापारीहरुलाई भृकुटीमण्डपका पसलमा स्थानान्तरण ग¥यो, तर समयक्रसँगै फुटपाथ व्यापारीहरु थपिँदै गएकाले उक्त समस्या सुल्झिएन, सुकुम्बासी समस्या समाधान यस्तो अवैज्ञानिक हुनुहुँदैन ।” 

शाक्यले सुकुम्बासी समस्या समाधानमा कामपा सकारात्मक रहेको पनि बताए ।      

Global Ime bank


 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC