site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रकम हिनामिना भएको छैनः धुर्मुस–सुन्तली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले धुर्मुस सुन्तली फाउन्डेशनका नाममा सर्वसाधारणले विदेशबाट पठाउने रकम हिनामिना गरेको भन्ने उजुरी परेको र उक्त तथ्य गलत भएको भन्दै दुःख व्यक्त गरेका छन् । केही दिनअघि काभ्रे, धुलिखेलका राज हुमागाईंले नेपाल सरकार मन्त्रिपरिषदको कार्यालय र समाज कल्याण परिषदको कार्यालयलमा उजुरी दिएको र छानविन गर्दा आरोप प्रमाणित हुन नसकेको भन्दै धुर्मुस सुन्तलीले दुःख व्यक्त गरेका हुन् ।

फाउन्डेशनले आइतबार एक विज्ञप्ति प्रकाशित गरी, देश र जनताको पक्षमा काम गर्दागर्दा र सरकारलाई सघाउँदासघाउँदै पनि बदनाम गर्न खोजिएको बताएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हुमागाईंले उजुरी दिएपछि समाज कल्याण परिषद्ले आवश्यक छानविन गरेको र आरोप प्रमाणित नभएको व्यहोरा पत्राचार गरेको फाउन्डेशनको भनाइ छ । 

धुर्मुस सुन्तलीले परियोजनाबाट व्यक्तिगत फाइदा लिन खोज्दा नपाएका व्यक्ति तथा समूहहरूले विभिन्न आरोप प्रत्यारोप लगाएको हुन सक्ने फाउन्डेशनले आशंका गरेको छ । 

Global Ime bank

फाउन्डेसनले त्यस्ता निराधार कुरा गर्ने व्यक्ति, समूहलाई आवश्यक कानुनी कारवाही गर्नसमेत माग गरेको छ । “यस्ता भ्रामक र बदनाम गराउने कुराबाट हामी विचलित छैनौँ । हिमाल, पहाड तराई जोड्ने, एकता, राष्ट्रियताको भावना जागृत गराउने काममा हामी दत्तचित्त छौँ,” सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC