site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लक्ष्मी बैंकको नयाँ शाखा रुपनदेहिको मणिग्राममा, अब पुग्यो ६९
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आज (आइतबार) रुपनदेहिको, मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।  भैरहवा र बुटवल पश्चात्, बैंकले सो क्षेत्रमा तेस्रो शाखा खोलेको जनाएको छ । उक्त शाखा जोगीकुटिबाट स्थानान्तरन गरिएको बैंकको भनाइ छ । 

अहिले बैंकको शाखा संजाल ६९ पुगेको बताएको छ । त्यस्तै ३ हस्पिटल सेवा काउन्टर, ८८ ‘एटिएम’ २ हजार ५ सयभन्दाबढी रेमिटेन्स् र ४ सयभन्दा बढी मोबाईल एजेन्टहरु रहेको जानकारी दिएको छ । 

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यममार्फत शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल बैंकिङ्ग सेवा प्रादन गरी फड्को मार्ने दावी  गरेको छ । 
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदानगर्न सफल भएको दावी गरेको छ । 
गएको वर्ष अर्थात २०७३÷७४ मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पु¥याएको जनाएको छ । 
बैंकका अनुसार वासलातको आकार ७० अर्ब ९० करोड रुपैयाँ रहेको छ । त्यस्तै करिब १ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको भनाइ छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC