site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अष्ट्रेलियन एजुकेशन फेयर हुने
Ghorahi CementGhorahi Cement

काठमाडौं । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । साउन  ३१ गते होटल अन्नपुर्ण काठमाडौंमा हुने फेयरमा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व रहने बताइएको छ ।

प्रत्येक वर्ष, बर्षको तीन पटक अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका अनुसार यो फेयर अन्यभन्दा पृथक हुने आयोजकले जनाएको छ । सर्भिसेजका प्रवन्ध निर्देशक खेम संग्रौलाका अनुसार एकै पटक १६ वटा युनिभर्सिटीको उपस्थिति भएको यो पहिलोपटक हो । सम्वन्धित कलेज र युनिभर्सिटीका रिजनल म्यानेजर, स्टुडेण्ट म्यानेजर, प्रोफेसर, एकेडेमीक प्रमुख लगायतको उपस्थित रहने संग्रौलाले बताए । ‘फेयरमा अष्ट्रेलिया, अष्ट्रेलियाको शैक्षिक पद्धति र संस्थाहरु, शैक्षिक सुविधा, अष्ट्रेलियामा पढ्दा झेल्नु पर्ने चुनौतिहरुका विषयमा विद्यार्थीले परामर्श प्राप्त गर्छन्’ संग्रौलाले भने । 

Agni Group

फेयरमा उपस्थित रहेका अष्ट्रेलियन विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिसँग विद्यार्थीहरुको प्रत्यक्ष संबाद हुनेहुँदा भोलि अष्ट्रेलिया पुगेपछि भनिए अनुसारको सुविधा प्राप्त नभए विद्यार्थीहरुले सजिलै दावी गर्न सक्ने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका निर्देशक संजीव शर्मा बताउँछन् ।

शर्मा भन्छन् ‘फेयरले कन्सल्टेन्सिहरु धाउँदै हिड्नु पर्ने बाध्यतालाई थोरै भए पनि हल गर्ने छ । किनकी १६ वटा युनिभर्सिटी तथा कलेजहरुको विषयमा विद्यार्थीहरुले केही घण्टामै बुझ्न पाउनेछन् ।’
फेयर विहान एघारबजे बाट दिउँसो चार बजेसम्म सञ्चालन हुने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC