site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिलो अभ्यास खेलमा नेपाल गाम्बा ओसकासँग बराबरीमा रोकियो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीको लागि जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार पहिलो अभ्यास खेल खेलेको छ । आइतबार भएको अभ्यास खेलमा नेपाली टोली गाम्बा ओसकाको यू–१९ टोलीसँग १ – १ गोलको बराबरी खेलेको छ ।  

ग्रिन साकाई कम्प्लेक्समा भएको खेलमा गाम्बा ओसकाले सुरुआती अग्रता बनाएको थियो । खेलको २४ औं मिनेटमा ले गोल गर्दै गाम्बा ओसकालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३४ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए  ।  पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप गोल हुन् सकेन र खेल बराबरीमा सकियो ।

Agni Group

एएफसी एसियन कपको छनोट अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलअघि नेपाली टोली तयारीका लागि २४ सदस्यीय खेलाडीसहित ३० सदस्य नेपाली टोली जापान भ्रमणमा रहेको छ  । नेपालले अब दोस्रो अभ्यास खेलमा मगलबार क्यान्सिइ ग्याकुइन युनिभर्सिटीसंग खेल्ने छ । त्यस्तै नेपालले  बुधबार अमिटाई स्पोर्ट्स क्लब र बिहिबार हनान युनिभर्सिटीसँग खेल्दा  शुक्रबार भिसेल कोबे यू–१९ टोलीसँग खेल खेल्नेछ ।  

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आगामी सेप्टेम्बर ५ मा घरेलु मैदानमा ताजकिस्तानको सामना गर्ने छ  । छनोटमा दुई खेल खेलिसकेको नेपालको खातामा १ अंक छ  । नेपाल समूहको तेस्रो स्थानमा छ । छनोटमा ६ अंकसहित फिलिपिन्स पहिलो र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले अंक जोड्न  सकेको छैन । समूहको शीर्ष दुई टोलीले एएफसी एसियन कपमा स्थान बनाउने छन्  ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC