site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमडौं । पूर्वी तथा मध्य नेपालमा भइरहेको अविरल बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइन, सवस्टेशन तथा वितरण प्रणाली लगायतका संरचनाहरुमा ठूलो क्षति भएको छ । अहिले विराटनगर लगायत पूर्वाञ्चलका जिल्लामा विद्युत आपूर्ति हुन सकेको छैन । त्यस्तै मध्यमाञ्चलका धेरैजसो जिल्लामा पनि आपूर्ति अवरुद्ध भएको छ्र । प्राधिकरणले विद्युत आपूर्ति अबरुद्धबाट भएको समस्याप्रति माफी माग्दै चाँडै सम्पूर्ण  समस्याको समाधान गर्न लागिपरेको जनाएको छ । प्राधिकरणले यथासिघ्र समस्याको समाधान गरी विधुत आपूर्ति सुचारु गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

मुलकका विभिन्न ठाँउमा आएको बाढी तथा पहिरोले अहिले मूख्यगरी १३२ र ६६ केभी लाइन तथा सवस्टेशनमा क्षति गरेको छ । जसकारण सम्बन्धीत क्षेत्रमा विद्युत वितरणमा अबरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरणको अनुसार अहिले     दमक–गोधक खण्डको १३२ केभीको लाइन अन्तरगत चुलाचुलीमा रहेको टावर न. १७ बाढीको कारण ढलेको छ ।

त्यस्तै हेटाैंडा सवस्टेशन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक रहेको ६६ केभी टावर पनि ढलेको छ । जसका कारण ६६ केभी औद्योगिक फिडर सर्किट नं. १, २ बन्द गरिएकको छ । दुहवी सवस्टेशन, दमक सवस्टेशन, अनारमनी सवस्टेशन जलमग्न भएको छ । त्यहाँ शुक्रबार बिहानबाट नै पूर्ण रुपमा बन्द भएको थियो ।

Global Ime bank

चपुर–पथलैया १३२ केभी सर्किट नं.२ पनि शुक्रबार रातिदेखि चल्न नसेको प्रधिकरणले जानकारी दिएको छ । ढल्केबर–चपुर १३२ केभी सर्किट नं.१ शुत्रबार दिउसोदेखि सञ्चालनमा आउन सकेको छैन । 

बालाजु–त्रिशुली ६६ केभी सर्किट नं.१ र २ शुक्रबार रातिदेखि चल्न सकेको छैन । नयाँ संरचनामा रक्सौल–परवानीपुर १३२ केभीको भलुहीमा टावर नं.१७÷० र १६÷० मा समेत बाढीले बेस बगाएको प्राधिकरणको भनाइ छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC