site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१३ औं साग खेलकुद आयोजनाबारे संसदीय समितिमा छलफल, पूर्वाधार निर्माण नभएको गुनासो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । दुई  वर्ष पछि नेपालमा तय भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) र साग आयोजनाको लागि भौतिक पूर्वाधार विकासबारे संसदीय समितिमा छलफल भएको छ । १३ औं साग खेलकुद निर्धारित समयमा आयोजना गर्ने तथा पूर्वाधार निर्माणबारे आइतबार व्यवस्थापिका संसदको महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिअन्तर्गतको युवा तथा खेलकुद उपसमितिमा छलफल भएको हो । 

संसदीय समितिमा भएको छलफलमा ओलम्पिक विवाद, भौतिक पूर्वाधार निर्माण तथा ओलम्पिक कमिटी र सरकारी पक्षबीचको समन्वयबारे छलफल भएको थियो । छलफलमा समितिका संयोजक मोहन कुमार राई, सदस्य निशा शाह, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ तथा ओलम्पिक कमिटीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Agni Group

संसदीय समितिको छलफलमा बोल्दै  नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले ओलम्पिक विवाद यथावत रहनु र सरकारले भौतिक पूर्वाधार निर्माणमा चासो नदेखाएकोले नेपालमा तय भएको १३ औं साग खेलकुद गुम्न सक्ने चेतावनी दिए । यस्तै अध्यक्ष श्रेष्ठले संसदीय समितिमा नेपालमा हुने सागमा २५ खेल समावेश गर्ने तय भैसकेको जानकारी दिँदै पूर्वाधारको काम भने अघि बढ्न नसकेको जानकारी दिए ।

नेपालमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छातामा रहेर आयोजना हुने खेलकुद आफू मातहतमा रहेको ओलम्पिक कमिटीले मात्र गर्न सक्ने बताउदै अध्यक्ष श्रेष्ठले भने, “साग खेलकुद गराउन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको छातामा रहेर गर्नुपर्छ तर, हामीले निर्वाध रूपमा काम गर्न पाएका छैन । हाम्रो आधिकारिकता मुद्दा अझै अदालतमा विचाराधीन छ । यो मुद्दाले किनारा नपाए साग खेलकुद सम्पन्न गर्न कठिन हुने छ ।” 

Global Ime bank

यस्तै श्रेष्ठले साग खेलकुद आयोजनाको जिम्मा  सरकारले नै पहल गरेर आएको बताउँदै सरकारले भौतिक पूर्वाधार निर्माणमा सोचेको जस्तो गर्न नसकेको बताए । “सरकारले नै साग खेलकुद गर्न सक्छौ भनेर हामीले सागको झन्डा ल्याएका हौँ, साग योजनाका लागि सरकारले धेरै समिति बनाएको छ तर सरकारले गर्नुपर्ने तयारी, पूर्वाधार निमार्ण भएको छैन । अबपनि यो कामको थालनी नगर्ने हो भने हामीलाई साग आयोजना गर्न कठिन हुने छ ।”

भारतमा गत बर्ष सम्पन्न १२ औं सागपछि नेपालले सन् २०१८ मा आयोजना गर्नेगरि साग खेलकुदको झन्डा ल्याएको थियो । तर, गत बर्ष गएको विनासकारी भूकम्प र भौतिक पूर्वाधारको अभाव देखाउदै साग खेलकुद  २०१९ को मार्चमा गर्ने सहमति भएको थियो । नयाँ मितिअनुसार साग खेलकुद २०१९ को मार्चको ९ देखि १८ सम्म काठमाडौंमा हुने छ । तर, ओलम्पिक कमिटि विवाद र भौतिक पूर्वाधार नबन्दा नेपालमा टी भएको साग खेलकुद अन्योलमा रहेको छ ।

छलफलमा बोल्दै समितिका संयोजक मोहन राईले ओलम्पिक कमिटीको विवाद समाधान र १३ औं साग भव्य बनाउन संसदीय समिति लागिपरेको बताए । नेपालमा हाल रहेको ओलम्पिक विवाद मिलाउने उपयुक्त समय यही रहेको बताउदै संयोजक राईले भने, “ओलम्पिक कमिटीको विवाद रहेसम्म हामीले साग लगायत अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्दैनौ भन्ने हाम्रो ठाम्मई हो । हामी विवाद मिलाउन हर प्रयास गरिरहेका छौ । खेलकुदको अस्तव्यस्तको कारण पत्ता लागेर समाधान गर्न लागिपरेका छौ, ओलम्पिक विवाद मिलाउने यो उपयुक्त अवसर हो ।” यस्तै राष्ट्रिय खेलकुद परिषदको सदस्यसमेत रहिसकेका संयोजक  राईले  १३ औं साग राष्ट्रको इज्जत र लाखौ खेलाडीको भबिष्यरहेको उल्लेख गर्दै साग खेलकुद गर्नु पर्छ भनेर लागिपरेको जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC