site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उद्धार तथा राहतका लागि एमालेले तोक्यो ‘कमान्डर’, कहाँ को खटिए ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । शुक्रबार बेलुकीदेखि परेको अविरल वर्षातका कारण तराई–मधेस जलमग्न भइ जनधनको क्षति भएपछि उद्धारका लागि एमालेले स्वयम्सेवक परिचालन गरेको छ । आइतबार बसेको मोर्चा संगठनको बैठकले कार्यविभाजनसहित जिम्मेवारी फाँडफाँट गरेको हो ।

त्यस्तै एमालेले समयमै कोसीका बाँधका ढोकाहरु नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । साथै एमालेले राज्यको सम्पूर्ण शक्ति पीडितहरूको उद्धार, राहत तथा पुनःव्यवस्थापनमा लगाउन सरकारसमक्ष माग समेत गरेको छ ।

कुन जिल्लामा को खटिने ?
एमालेले बाढीग्रस्त सप्तरीमा युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठनलाई परिचालन गर्ने भएको छ । सिरहा अनेरास्ववियुको भागमा परेको छ । धनुषामा अखिल नेपाल महिला संघ खटिने भएको  छ । महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, मा सर्लाहीमा अखिल नेपाल किसान महासंघ तोकिएका छन् ।
यसैगरी रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस, बारामा खेलकुद महासंघ, पर्सामा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)र झापामा जनसाँस्कृतिक महासंघ र मुक्ति समाजलाई राहत तथा उद्धारमा पठाइने एमालेले जनाएको छ ।
मोरङमा पेसागत महासंघ, नेपाल सुनसरीमा उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले उद्धार र राहतको काम गर्नेछन् भने बर्दियामा भूपू सैनिक संगठन, बाँकेमा मानवअधिकार एलान्य, कपिलवस्तुमा मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघ खटिनेछन् । 
बैठकले प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि आगामी भदौ १० गते काठमाडौंमा रहेका सम्पूर्ण मोर्चा संगठनका सदस्यहरू भेला गर्ने निर्णय गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC