site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेल सापटी रकममा वृद्घि, ब्यालेन्स ट्रान्सफर सुविधा निःशुल्क
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल प्रा. लि. ले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पु¥याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । साथै ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ ।

कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पुर्याउन मद्दत गर्नका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सापटी सेवा अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले रु ४० प्राप्त गर्दै आएकोमा मंगलबार सम्मका लागि रु ६० प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले विद्यमान सेवा शुल्क रु २.५१ मा नै थप सापटी रकमको सुविधा लिन सक्छन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्छन् । 

यसका साथै एनसेलले अन्य बेलामा सेवा शुल्क रु १.२५ लाग्दै आएको ब्यालेन्स ट्रान्सफर सुविधालाई पनि निःशुल्क बनाएको छ । यो सुविधा पनि मंगलबारसम्म जारी रहने छ ।

Global Ime bank

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई आफ्ना प्रियजनसँग आकस्मिक सूचना आदान प्रदान गर्न सघाउने उद्देश्यले निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ संचालनमा ल्याएको छ । यस अन्र्तगत प्रभावित क्षेत्रका एनसेल ग्राहकले ९००८ मा तथा अन्य नेटवर्कका ग्राहकहरुले ९८०९००८००० मा डायल गरी कम्पनीको कल सेन्टरमा रहेका प्रतिनिधी मार्फत आफ्ना सूचना पुर्याउन सक्छन् ।  

“बाढी तथा पहिरोले देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति हामी दुःखी छौं । यस विपतको समयमा संचालनमा ल्याईएका थप सापटी सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालिन कल सेन्टर तथा निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ ले ग्राहकलाई सम्पर्कमा रहन सहज बनाउने तथा उद्दार र राहत कार्यमा योगदान पुर्याउने विश्वास छ,” एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । 

“यस प्राकृतिक प्रकोपको समयमा पनि एनसेलको नेटवर्क निरन्तर संचालनमा रहेको र ९० प्रतिशत भन्दा बढी बिटिएस टावर मार्फत सेवा प्रदान गरिरहेका छौं । केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको त्यस्ता ठाउँमा जेनेरेटर संचालनमा ल्याउन हामी पानीको सतह कम होस् भनी प्रतिक्षा गरिरहेका छौं,” आचार्यले भने ।

सापटी सेवाका लागि एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सापटी लिन सक्नेछन् । त्यसै गरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप प्राप्त रकम रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट सेवा शुल्क सहित घटाइनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC