site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कलाकारले गर्न थाले बाढीपीडितलाई सहयोगको घोषणा, दीपक र पूजाले दिने भए १/१ लाख
Ghorahi CementGhorahi Cement

काठमाडौं । कलाकारहरुले बाढीपीडितलाई सहयोगको घोषणा गर्न थालेका छन् । लगातारको वर्षापछि जनधनको क्षतीको खबर आउन थालेपछि कलाकारहरुले सहयोगको घोषणा गर्न नै थालेका हुन् । 

हाँस्य कलाकार दीपकराज गिरीले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । नायिका पूजा शर्माले पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेकी छन् । दीपाश्री निरौला र नायिका प्रियंका कार्कीले ५१/५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । 

Agni Group

चलचित्र कलाकार संघले पनि ६५ हजार सहयोग गर्ने जनाएको छ ।  

यस्तै हाँस्य कलाकार मनोज गजुरेलले २० हजार सहयोगको घोषणा गरेका छन् । “मैले यो व्यक्तिगत सहयोगको घोषणा गरेको हुँ,” उनले भने, “हामी सिस्नो पानी नेपालकातर्फबाट पनि सहयोगको अपिल गर्दैछौं उठेको रकम सरकारी संयन्त्रलाई हस्तानतरण गर्दैछौं ।”

Global Ime bank

यस्तै हाँस्य कलाकार धुर्मुस सुन्तली पनि सहयोगका लागि भन्दै तराई पुगिसकेका छन् । 

चलचित्र ‘जालो’ का निर्देशक अराजकेशव गिरीले पनि सहयोगको घोषणा गरेका छन् । भारतको बेंलोरमा रहेका गिरीले उहीँबाट सहयोगको घोषणा गरेका हुन् । 

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC