site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजमार्गहरू अवरुद्ध, राहत र उद्धारमा कठिनाइ
Ghorahi CementGhorahi Cement

धादिङ । बाढीइ पहिरोका कारण देशका विभिन्न ठाउँमा पुलहरु भत्किएपछि आवागमन अवरुद्ध भएको छ । पुल भत्किएपछि उद्धार र राहतमा पनि समस्या आएको छ । 

पाँच दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ । 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । धादिङबेंसी–काठमाडौं यातायात पहिरोका कारण अबरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए । 

Agni Group

गजुरी गाउँपालिकाको गौदीमा,बेनिघाट रोराङगाउँपालिका अन्तर्गत जवाङमा र ज्यामिरेघाटमा आएको पहिरोले यातायत सेवा अवरुद्ध भएको छ । प्रहरीका अनुसार पृथ्वीराजमार्गको साना साना पहिरोको संख्या २० भन्दा बढी रहेको र सो पहिरो हटाउने कार्य भइरहेको छ । 

आज बिहान जोगिमाराको जावाङमा सडक माथिबाट आएको पहिरोले बा १३ च ७१४९ नम्बरको जिपलाई पुरेपनि यात्रुभने सुरक्षित रहेका छन् । यसैगरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दूङमा पहिरो जाँदा बिचल्लीमा परेका ३४ परिवारलाई दुई दिनदेखि राहत सामग्री पुर्याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । 

Global Ime bank

पैदलमार्गबाट सो स्थानमा जान तीन दिन लाग्ने र पैदलमार्गसमेत पहिरो आएर जान नसकिने भएको उद्धार तथा राहत सेवा उपलब्ध गराउन नसकिएको हो । 

हिन्दूङ गाउँमा ९६ घर रहेपनि ३४ परिवालाई तत्काल राहत दिनुपर्ने गरी जिल्लाविपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । रेडक्रसले अन्तर्राट्रिय गैरसरकारी संस्थाको सहयोगमा गैर खाद्यान्न सामग्री पुर्याउन तयारी गरेपछि हेलिकप्टरको अभावमा लान नसकिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति नारायण तिमल्सिनाले बताए । 

उत्तरी धादिङको पैदलमार्ग समेत अवरुद्ध 

पहिरोले उत्तरी धादिङ जोडने पैदल मार्ग अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षाका कारण पैदल मार्ग अवरुद्ध भएपछि उत्तरको झार्लाङ, लापा, सेर्तुङ र तिप्लिङमा आवतजावत बन्द भएको छ । 

दुई दिनअघि हिन्दूङगाउँमा खसेको पहिरोका कारण उद्धारमा कठिनाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको हिन्दूङगाउँवासी दुई दिनदेखि नै गाउँ छाडेर अन्यत्र बसेकाले राहतको प्रतिक्षामा रहेको सोही स्थानका धनसिं तामाले टेलिफोनबाट जानकारी दिए । 

सदरमुकामबाट हिँडेर जानेबाटोको ठाउँ÷ ठाउँमा पहिरो गएको छ । लपाफेदी, धार्ना, डुन्डुरे, सेर्तु, स्याम्बोफोमा पहिरोले मानिस हिँड्न मिल्ने अवस्था छैन । पहिरो गएको स्थानमा वैकल्पिक बाटो नभएको र पानी नरोकिएसम्म पैदलमार्ग बनाउन नसकिने सेर्तुका विजय तामाले बताए । रासस

तस्बिर : कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलामा भत्किएको पुल । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC