site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सगूनले बन्द गर्‍यो प्राइभेट प्लेसमेन्ट अफरिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डटकमले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्ने सिलसिलामा सुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानुनअनुसार विश्वको जुनकुनै देशबाट लगानी गर्न पाउने यो अवसर सगूनले २०१६ जुन २९ देखि सुरु गरेको थियो।

सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनियाँमा नेपालीहरूको नयाँ आर्थिक र सामाजिक पहिचान स्थापित गर्न सगूनको स्थापना गरिएको हो । अमेरिकामा दक्षिण एसियालीको पहिलो स्टार्टअप कम्पनी बन्न सकेको सगूनले सर्वसाधारणलाई यसको हिस्सेदार बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्राइभेट प्लेसमेन्ट अफरिङ सुरु गरेको थियो।

Prabhu Bank
Agni Group
NIC Asia

‘प्राइभेट प्लेसमेन्ट सुरु गरेको दिनदेखि विश्वभरबाट कसरी लगानी गर्ने, कति लगानी गर्न पाइनेलगायत विषयमा जानकारी लिन सयौँ मानिसले सोधपुछ गरिरहेका थिए । यस कार्यक्रमअन्तर्गत लगानी गर्नको लागि विशेष आधारहरु पूरा गर्नुपर्ने भएकोले लगानीको चाहना गर्नेमध्ये धेरै जना लगानीको लागि योग्य हुन सकेनन् । यो कार्यक्रम बन्द भएपछि दोश्रो चरणको लगानीको अवसर खु गर्ने प्रकृयालाई अघि बढाइएको छ’ गिरीले भने । सर्वसाधारण सबैले लगानी गर्न सक्ने अवसर प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । त्यसको लागि मिनी आइपीओको तयारी हुँदैछ।

अबको केहि महिनाभित्र नै सगूनले मोबाइल एप्ससहित मिनी आइपीओ खुला गर्नेछ र यसमा इच्छुक धेरैले लगानी गर्न सक्नेछन् । सगून टीमका प्रमुखले बताएअनुसार नेपालीको हिस्सा बढी गराउने मुख्य अवसर नै मिनी आइपीओ हुनेछ ।  मिनी आइपीओको चरणपछि सामाजिक सञ्जालको दुनियाँमा सगूनले ‘सोसियल स्मार्ट कार्ड’ को सुरुवात गर्ने संस्थापक गिरी बताउँछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC