site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
  म्यानचेस्टर सिटीको विजय सुरुआत  
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजय सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ क्लब ब्राइटन अल्बियोनलाई २ – ० ले पराजित गरेको हो  । 

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । यसै सिजन प्रिमियर लिगमा बधुवा भएको ब्राइटनले बलियो टोलि सिटीलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा ब्राइटनले उक्त प्रदर्शन  दोहोराउन सकेनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो हाफको ७० औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई १ – ० को अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै सिटीले आत्मघाती गोलको  उपहार पायो ।  खेलको ७५ औ मिनेटमा ब्राइटनका लेविस डुंकले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन र खेल सिटीले २ – ० ले जित्दै नयाँ सिजनको उत्कृष्ट सुरुवात गर्यो ।

जितसँगै म्यानचेस्टर सिटीले  ३ अंक जोडेको छ । र, सिटि लिगको दोस्रो स्थानमा छ । लिगको शिर्ष स्थानमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्ड टाउन रहेको छ । हडर्सफिल्डले शनिबार राति क्रिष्टल प्यालेसलाई ३ – ० ले पराजित गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC