site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुइदिनदेखि परेको अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले ३० बढीको ज्यान गएको छ ।

नेपाल प्रहरीका अनुसार देशका विभिन्न भागमा वर्षाले क्षति पुर्याएको छ । नेपाल प्रहरीले तयार पारेको मुलुकका विभिन्न भागमा पुगेको क्षतिको विवरण :


नवलपरासीः सरावल गाउँपालिका ६ र ७ स्थित शनिबार परेको अबिरल बर्षाको कारण झरही खोलाको बहाव बढी प्रहरी चौकी भुजहवा सहित करीव १ सय २० घरहरू डुबानमा परका छन् । स्थानिय मानिसहरू सरसमानसहित सुरक्षित स्थानमा बसेका छन् ।
यसैगरी नवलपरासीकै बिनयीत्रिवेणी गाउँपालिका–६ र ७ शिवपुरगडीस्थित अबिरल बर्षाको कारण १२ घर डुबानमा परेको छन ।
यसैगरी नवलपरासीकै बर्दघाट नगरपालिकाको २, ४, ५, ६, ७, १० र ११ स्थानहरूमा अबिरल बर्षाको कारण गएराति बाढी आई घरहरू डुबानमा परेका छन् । हाल पानीको बहाव क्रमश घटदै गएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धनुषाः जनकपुर उपमहानगरपालिका–८ र ९ रामानन्दचोकस्थित खानेपानी कार्यालय लगाएत १४ वटा पसलहरु, गणेशमान चारनाथ नगरपालिका–३ स्थित ८ घर, गणेशमानचारनाथ–२ गंगापुरस्थित मुसहरि टोलमा २० घर, सबैला नगरपालिका–१२ स्थित टोकी र खैरबाना गाँउका ५० प्रतिसत घर, धनुषाधाम नगरपालिका–२ मखनबाबाकुट्टीस्थित ५० प्रतिशत घर बर्षाको कारण डुबानमा परेका छन् भने गणेशमानचारनाथ नगरपालिका–६ सखुवनिस्थित रक्ताही खोलाले गोदार चिसापानी सडकमा कल्भट बगाएको छ ।
साथै सोही ठाउँ बस्ने रासलाल यादवको फुसको घर, जनकपुर उपमहानरपालिका–२२ भमरपुराचोक बस्ने साबित्रीदेवी ठाकुरको कच्ची घर, मिथिला नगरपालिका–८ बस्ने ज्ञानबहादुर क्षेष्ठको २ वटा घर र सहिदनगर नगरपालिका–७ बस्ने मनोज मंडलको कच्ची घर भत्किएर क्षति भएको छ ।

चितवनः माडी नगरपालिका–६ बसन्तपुरस्थित घरमा स्थानीय रिऊ खोलाको बाढी आई ५० घरमा पानी पसेको, माडी–१ स्थित कलवर्ड बाढीले बगाएको कारण माडीबाट चल्ने सवारीसाधन अबरोध भएको छ भने बसन्तपुरकै सत्यनारायण शाह, लक्ष्मण साह, बाहुन महततो, रिता महतोको घरका भाडावर्तन, अन्नपात लगायतका विभिन्न धनमाल बगाएर क्षति भएको छ ।
यसैगरी चितवनकै माडी नगरपालिका–१, २, ४ र ६ सम्मका बिभिन्न स्थानहरुमा अबिरल बर्षातको कारण गएराति रिउ खोला लगायत अन्य खोलाहरुमा पानीको वहाब बढी घरहरुमा पानी पसी डुबान भएको छ । माडी नगरपालिका–४ का २ घर जोखिममा रहेका छन् । सो स्थानका मानिसहरु सुरक्षित स्थानमा गई बसेका छन् ।

Global Ime bank

मोरङः सुनबर्षी नगरपालिका–७ सुकुम्बासी बस्तीमा गएराति बक्राहा खोलाको पानी पसेर ५० घर डुबान परेका, धनपालथान गाउँपालिका ५, ६ र ७ वडामा लोहोन्द्रा खोलाको पानी बस्तीमा पसेर करीव ३ सय घरमा डुबान भएको, रतुवामाई नगरपालिका–१ सोनापुरमा बक्राहा खोलाको बाँध फुटेर करीव ३० घर बिस्थापित भएका छन् ।

यसैगरी मोरङकै लेटाङ नगरपालिका–६ लामिटार बस्ने राजेन्द्र चेम्जोङको गोठ, घर, चौपाया १५ वटा, मकै, भाँडावर्तन, धान खेत, बाँसघारी सहितको जमिन ५ कठ्ठामा पहिरोले पुरिएर करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । सोही ठाउँ बस्ने खगेन्द्र सिलवालको घर जमिन धसियर बस्न नमिल्ने भई करीव ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी मोरङकै कटहरी गाउँपालिका–४ स्थित नयाँबजारमा गएराति लोहन्द्रा खोलाको पानी पसेर करीव ८० घर बिस्थापित भई नजिकै रहेको हनुमान मन्दिरमा सुरक्षित बसेका छन् ।

यसैगरी मोरङकै उर्लावारी नगरपालिका–८ स्थित माझीटोलमा गएराति बक्राहानुनसरी खोलाको पानी पसेर करीव १५ घर डुवानमा परेका छन् । साथै मिक्लाजुङ गाउँपालिका–६ खाबेझोडामा स्थानीय खोला पसेर करीव १८ घर डुवानमा परेका छन् । मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
यसैगरी मोरङकै बिराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालय बिराटनगरको कम्पाउण्ड वाल शुक्रबार रातिदेखिको अविरल बर्षाको कारण भत्कीएको, बिमानस्थल सुरक्षा गार्ड बिराटनगरको ब्यारेक भवन तथा कार्यालयमा पानी पसेको, रतुवामाई नगरपालिका–५ स्थित प्रहरी चौकी गोबिन्दपुरमा रतुवा खोला र बक्राहा खोलाको वाँध फुटेर पानी पसेको, बिराटनगर महानगरपालिकाका ४, ५, ६, ११ र १२ नम्बर वडामा बर्षाको पानी पसेर करीव ६ सय घर परिवार बस्न नमिल्ने भएको, रतुवामाई नगरपालिका–७, ८, ९ र ५ स्थित रतुवा खोला र बक्राहा खोलाको वाँध फुटेर बस्तीमा खोलाको पानी पसेर करीव ७ सय घरपरिवार बिस्थापित भएका, धनपालथान गाउँपालिका–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर बस्तीका १ सय ५० घर डुबानमा परेका र रंगेली नगरपालिका–३ आमतोलामा ४ घरमा पानी पसेर क्षति पुगेको छ ।
यसैगरी मोरङकै बुढीगंगा गाउँपालिका–२ बौराहा टोलमा अविरल बर्षाको कारण बुढीखोलाको बाढी पसेर करीव १ सय ५० घर, सोही गाउँपालिका–३ तथा मुडेरी टोलस्थित करीव १ सय ५० घर र सोही गाउँपालिका–५ दिपुटोलमा करीव ५० घर समेत डुबानमा परेका छन् । पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

यसैगरी मोरङकै बेलबारी नगरपालिका–५ स्थित लोहन्द्र खोलामा रहेको पक्की पुल र पुलको छेउमा रहेको कसेनी एरियातर्फ पानी लाने नहरको सुरुङ समेत गएराति अविरल वर्षातको कारण आएको बाढीले बगाइ लगेको छ ।

बर्दियाः बाँसगढि नगरपालिकामा गएराति आएको बर्षाको कारण विभिन्न वडाहरुमा गरी जम्मा १ सय ३६ घरमा पानी पसेर डुबानमा परेकोले मानिसहरु सबै सुरक्षित स्थानमा बसेका छन् । उद्धारको लागि प्रहरी टोली खटी गएको छ ।

सप्तरीः सप्तरी राजबिराज सदरमुकाम र सदरमुकाम आसपास देउरी भरुवा, खर्साल टोल, कंचनपुर रोड, बिरौल चोकमा डुबान भएको, शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्ब पश्चिम राजमार्गमा पर्ने फापी खोलाको पानी बहाब बढी कटान भइरहेको, खोलाको पुल जोखिममा रहेको, देउरी भरुवा भन्ने स्थानमा खाडो खोलाको पानीको बहाब बढी बाँध फुटेको तथा ४० घरमा डुबान भएको र ६ वटा घर उच्च जोखिममा रहेका छन् ।

यसैगरी सप्तरीकै पोर्ताहस्थित महुली खोलाको बाँध फुटेर विभिन्न स्थानका १ सय घर डुबानमा परेका छन् भने महुली खोलामा आएको बाढीले कटान गरी कृष्णसवरण गाउँपालिका–१ जण्डोल हेडाङ बस्ने मोहन मगरको घर र घुम्ती किराना पसल, सुर्य मगरको घर, सिचाइ शाखा कार्यालयको भवन गरी करीव १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी सप्तरीकै शम्भुनाथ नगरपालिका–१ स्थित भोला साहको कुखुराको फर्म बगाएको, रुपनी गाउँपालिका–५ स्थित बसोबास गर्ने २५ घर तथा शम्भुनाथ–१ र २ मा पर्ने मुसरी टोलमा बसोबास गर्ने ४० घर पूर्ण रुपमा डुबान भएको छ ।

यसैगरी सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रम्पुरामल्हनियामा बसोबास गर्ने करीव १ सय ५० घर खाडो खोलाको पानी पसेर डुबानमा परेका छन् ।

यसैगरी सप्तरीकै छिन्नमस्ता गाउँपालिका–१ फकिरामा मुर्ति नदीबाट पानी आई करीव ५ सय घरमा पानी पसेर डुबान भएको छ ।

यसैगरी सप्तरीकै राजबिराज नगरपालिका–१५ स्थित खाडो खोलामा गएराति परेको अबिरल बर्षाको कारण बाँध बाँध्दै गरेको ठाउँमा पानीको बहाब बढ्न गई स्थानिय मानिसहरुको घरआँगनमा करीव ३ फिट पानी जमेको छ । 
बालबालिका तथा बृद्ध–बृद्धाहरुलाई प्रहरी टोली खटी गई उद्धार गरी सामुदायिक भवनमा सुरक्षित राखिएको छ ।

यसैगरी सप्तरीकै तिलाठी कैलाडी गाउँपालिका–१ मा गएराति परेको अबिरल बर्षाको कारण खाडो खोला बढ्न गई तिलाठी, कैलाडी र सखरपुराका गाउँमा करीव ४ फिट पानी जमेको छ ।


ईलामः चुलाचुली गाउँपालिका २ र ३ मा पर्ने चाजुखोलामा आएको बाढीले पेल्टीमारी बस्ने अनु राईको ८ कठ्ठा जमिन, तारबहादुर राईको २ कठ्ठा खेत कटान गरेको दुबैको घर जोखिममा रहेको छ ।

यसैगरी ईलामकै चुलाचुली गाउँपालिका–२ र ३ को बिचमा पर्ने चाजु खोलाको झोलुङ्गे पुलको जग खोलामा आएको बाढीले शुक्रबार बगाएको छ । उक्त पुलमा आवतजावतमा रोक लगाइएको छ ।

झापाः अविरल बर्षाको कारण बिर्तामिष नगरपालिकाशान्ति टोलमा ५० घर, भद्रपुर–५ शान्ति टोलमा ३५ घर, कनकाई नगरपालिका–८ सुकुम्बासी बस्तीमा १० घर, कचनकवल गाउँपालिका–५ पानमारीमा करीव ५ सय घर डुबानमा परेको, सोही गाउँपालिका–४ मा १ सय ५० घर, गौरीडह नगरपालिका–५ र ६ मा १ सय ७० घर, गौरीगन्ज गाउँपालिका–६ खजुरगाछिमा १४ घर, २ वडामा १ सय ७० घर, कनकाई नगरपालिका–१ र ३ मा ३ घर, अर्जुनधारा नगरपालिका–८ मा ४० घर डुबानमा परेकोले आफन्तको घरमा गई बसेका छन् ।

रौतहटः दुर्गाभगवती गाउँपालिका–१ भलोहियास्थित १५ कच्ची घर बर्षातको पानीको कारण डुबान परेको, उक्त घरका करीव २ सय मानिसहरुलाई भलोहिया माबिमा उद्धार गरी राखिएको र अन्यलाई उद्धार गर्ने कार्य भइरहेको छ ।

यसैगरी रौतहटकै परोहा गाउँपालिका–५ बसन्तपट्टि बस्ने शिबपुजन राउत लगायत ४ जनाको घर अविरल बर्षाको कारण परोहा शुक्रबार भत्कँन गई करीव ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

महोत्तरीः मनरा गाउँपालिका–२ ईटहर्वाकट्टी बस्ने दिनेश चौधरीको कच्ची घर अबिरल बर्षाको कारणले शनिबार लड्दा घरभित्रको अन्नपात, लत्ताकपडा गरी २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सिराहाः लहान नगरपालिका–१९ छर्रापट्टी बस्ने ५५ वर्षीय मिश्री सदायको र सखुवानन्कारकट्टी गाउँपालिका–४ बस्ने ६५ वर्षीय रामबृक्ष यादबको घर शनिबार ढलेर करीव ६० हजार र लहान नगरपालिका–२० बस्ने ४५ वर्षीय पुजेन्द्र यादब, ४५ वर्षीय लखनदेव यादब र ५० वर्षीय सत्यनारायण गुप्ताको घरमा पानी पसेर करीव १ लाख २० हजार रुपैयाँ वरावरको धनमाल क्षति भएको छ ।

सुनसरीः गएराति परेको अबिरल बर्षाको कारण बुढिखोलामा आएको बाढिले ईटहरीका आसपास गैरीगाउँ र तरहरा पानीपियामा ५ रुख ढलेर कोशी राजमार्ग अवरोध भएको छ । दुहबी–४ महलहट्टीस्थित करीव ४० घर र सेउती खोलाको पानीले रामधुनी नगरपालिका–६ बक्लौरीमा डुबान भएको छ ।

यसैगरी सुनसरीकै ईटहरी उपमहानगरपालिका वडा ३ मा गएराति परेको अविरल बर्षाको कारण १ सय ५० घर, वडा ४ मा ४० घर, ईटहरी–१० मा २० घर, इटहरि–२० मा २० घर डुवानमा परेका छन् । डुवानमा परेकालाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ । साथै धरान उपमहानगरपालिका–४ निसानेडाँडा कोशी राजमार्गमा करीव ४० मिटर सडक पहिरो खसेर बाटो पूर्ण रुपमा अबरोध भएको छ भने ईटहरी उपमहानगरपालिका–१७ लवीपुरमा पूर्व–पश्चिम राजमार्ग बर्षातको कारणले करीव ९ मिटर भासिएर सवारी आवागमन अबरोध भएको छ ।

सबै स्थानमा स्थानीय प्रहरी टोली खटिई गई उद्धार कार्य एवं यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC