site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन  । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ को सेतीदोभान भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

दिनभरको अविरल वर्षापछि पहिरोको जोखिम हुनसक्ने भन्दै अपराह्न २ बजेदेखि सवारी आवागमन रोकिएको थियो । त्यसको केही समयमा मुग्लिनबाट नौ किलोमिटर नारायणगढतर्फ सेतीदोभान नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी, मुग्लिनको मुखैमा, भालुढुंगा, भोर्लेलगायत ठाउँमा पनि पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बीचसडक क्षेत्रमा पुग्न नसकेकाले अन्य के–कति ठाउँमा पहिरो खसेको छ जानकारी हुन सकेको छैन । यद्यपि ठूला पहिरो कुनै पनि नभएकाले पहिरो रोकिएमा सफा गर्न भने समय नलाग्ने उनले बताए ।

पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको उनले बताए । ती ठाउँमा माथिबाट ढुंगा र लेदो माटो खसिरहेको छ । सडक अवरुद्ध भएपछि दिउँसोदेखि यात्रु अलपत्र परेका छन् ।

Global Ime bank

पहिरो खस्न रोकिएमा सडकका बीचमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाउन सडक खुलाउने प्रयासका लागि तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको खनालले बताए । रातको समयमा सो सडकमा आवागमन रोकिँदै आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC