site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बेड्मिन्स्टर (अमेरिका) न । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आफ्ना चिनियाँ समकक्षी सि जिनपिङबीच फोनवार्ता हुने बताएका छन् ।
उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परिक्षणको विषयलाई यी दुई नेताबीच वार्ता हुने बताएको  छ । 
राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन संयुक्त राष्ट्र संघका राजदूत निकी हेलेसँग भएको छलफलपछि ट्रम्पले  सम्वाददाताहरुलाई सिसँग टेलिफोन वार्ता हुने बताए ।
हामी चीन र अन्य देशहरुसँग निकै नजिक भएर सहकार्य गरिरहेका छौ’  ट्रम्पले बताए ।
चीन परम्परागत रुपबाट  नै उत्तर कोरियासँग आवद्ध र एक आपसमा असल मित्रको रुपमा रहदै आएको देश हो  । तर गत हप्ता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाका नेता किम जोङ उनको  सत्ताविरुद्ध  शृखलाबद्ध रुपमा लगाएको प्रतिबन्धमा भने चीनले मतदान गरेको थियो । 
अमेरिका र उत्तर कोरियाका बीचमा बढ्दै गईरहेको द्धन्द्ध न्युनिकरण गर्ने वा बढाउने भन्ने विषयमा चीनको ठूलो भूमिका हुने भएकाले अमेरिकाले चीनसँग कुरा गर्न लागेको हुन सक्ने बताइएको छ । 
अमेरिका र उत्तर कोरियाले केही हप्तादेखि एक अर्कालाई अक्रमणको चेतावनी र चुनौती दिदै आइरहेका छन् ।  
रासस÷एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  ०३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC