site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नैरोबी (केन्या) । केन्यामा गत मङ्लबार भएको निर्वाचनमा  वर्तमान राष्ट्रपति उहुरु केन्याटा विजयी भएको घोषणा गरेपछि विपक्षीहरुले चर्को विरोध प्रदर्शन गरेका छन । 
शुक्रबार राती भएको प्रदर्शनका क्रममा कम्तीमा दुई जनाको गोली लागि मृत्यु भएको अधिकारीहरुले बताएका छन । 

निर्वाचनमा प्रतिश्पर्धी हुनु भएका प्रतिपक्षी दलका नेता राइला ओडिङ्गाका समर्थकहरुले निर्वाचनमा धाँधली भएको भन्दै विरोध प्रदर्शन गरेका छन । 

गोली लागि घाइते भएका मध्ये एक जनाको मात्र शव  प्राप्त भएको र अरु चार घाइते अस्पतालमा भर्ना भएका पश्चिमी किसुमु राज्यका क्षेत्रीय स्वास्थ्य प्रमुख डा ओज्वाङ लुसीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

एकतर्फ विरोध प्रदर्शन र गोली हानाहान भईरहेका बेला अर्को तर्फ भने विजयउत्सव मनाइएको छ । विजयउत्सव मनाउनेहरु तर्फ पनि चार जनाको मृत्यु भएको छ । उनीहरुलाई सवारी साधनहरुले ठक्कर दिएर मृत्यु भएको एक जना वरिष्ठ ट्राफिक प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

सन् २०१३ देखि राष्ट्रपति रहेका केन्याटाले ५४.३ प्रतिशत मत प्राप्त गर्नु भएको र उहाँका प्रतिद्धन्दी राइला ओडिङ्गाले ४४.७ प्रतिशत मत प्राप्त गर्नु भएको घोषणा गरिएको छ ।

Global Ime bank

विवादका कारण मतपरिणाम घोषणा गर्न केहीदिनदेखि अवरोध गरिएको थियो । ढिलागरी घोषित चुनाव परिणामबाट विजयी हुनु भएका राष्ट्रपति केन्याटाले एकताका लागि सवैलाई आह्वान गरेका छन् । उनले विपक्षीहरुलाई भने, “म तपाईहरुसँगै छु, हामी एउटै गणतन्त्रका नागरिक हौं, आउनु होस् मिलेर काम गरौं ।”

विपक्षीहरुले भने परिणाम घोषणा हुनु अघि देखि नै निर्वाचनको परिणामलाई अस्वीकार गर्ने बताउदै आएका थिए । 

उनीहरुको प्रदर्शनलाई लक्षित गर्दै कैयौं ठाउँमा प्रहरीले आश्रु ग्यास पनि प्रहार गरेको अधिकारीहरुले बताएका छन् ।   बिगतका निर्वाचनमा हिंसा भड्किएर सयौँ नागरिकको ज्यान जाने गरेकोले कडा सुरक्षा व्यवस्था अपनाइएको समाचारमा जनाइएको छ । 

केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ । धेरै मतदताले साम्प्रदायिक आधारमा मतदान गरेका थिए ।  यस अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि एक हजार ३०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ लाख विस्थापित हुनुपरेको थियो । रासस÷एएफपी÷सिन्हवा
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  ०२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC