site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा रहेका सवै मदरसा (मुस्लिम समूदायको धार्मिक शैक्षिक संस्था) हरुले भारतीय स्वतन्त्रता दिवसको दिनमा अनिवार्य रुपमा उत्सव मनाउनु पर्ने भएको छ । 
हरेक बर्षको अगस्त १५ तारिखका दिन पर्ने स्वतन्त्रता दिवसको अवसरमा सवै मदरसामा राष्ट्रिय झण्डा राख्न र सवै विद्यार्थीलाई राष्ट्रिय गाना गाउन लगाउन पनि प्रदेश सरकारले आह्वान गरेको छ ।
उत्तर प्रदेश सरकारले शनिबार सवै मदरसाहरुलाई निर्देशन दिदै स्थानीय समयानुसार विहान आठ बजे प्रदेशभरी नै राष्ट्रिय गान गाउन आह्वान गरेको हो । 
सवै मदरसालाई भारतको स्वतन्त्रताका लागि लड्दा ज्यान गुमाएका सहिद प्रति श्रद्धान्जली व्यक्त गर्न र प्रार्थना गर्न पनि प्रदेश सरकारले आग्रह गरेको छ । 
सन् १९४७ मा व्रिटीस शासकहरुबाट मुक्त भएको दिनको सम्झनामा त्यही बेलादेखि भारतमा स्वतन्त्रता दिवस मनाउन थालिएको अधिकारीहरुको भनाई छ । 
स्वतन्त्रता दिवसको दिन भारतमा देशभरी सार्वजनिक विदा समेत दिने गरिएको छ । दिवसको दिन प्रधानमन्त्रीले झण्डोत्तलन गर्ने र राष्ट्रका नाममा सम्बोधन गर्ने परम्परा पनि रहीआएको छ । रासस÷सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  ०१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC