site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । पैसा कमाउन विदेश नै जानुपर्छ ? उच्च शिक्षा हासिल गरेर जागिर नै खानुपर्छ ? वा ठूलाठूला व्याापार व्यवसायमै लाग्नुपर्छ ? भन्ने होइन ।” जानेकै सीपलाई प्रयोग गरेर राम्रो आम्दानी गर्न सिकिन्छ भन्ने उदाहरण सिकन्दरकुमार ठाकुरले प्रस्तुत गरेको छ । 

शंकरदेव क्याम्पसबाट वाणिज्य विषयमा स्नातकोत्तर तहको शोधपत्र (थेसिस) लेख्नमा व्यस्त हुने उनी कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेको छ । 

“बुबाले कालोपुलस्थित हाम्रो सैलुन सञ्चालनमा ल्याएको तीन दशक बित्न लाग्यो, नौ वर्षको उमेरदेखि नै बुबासँगै आफूले पनि कैँची चलाउन सिकेँ र यो सँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै गएको छु ।” प्रशन्न मुद्रामा ठाकुरले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले उनी २८ वर्षको भए । एक लाख राशिको उद्यमशीलता पुरस्कार आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त गरेपछि उनी खुसी छन् । पुरस्कार पाएपछि खुसीले उउनले भने– “मैले सोचेको पनि थिइनँ, यति छिट्टै पुरस्कार प्राप्त गर्छु ।” 

बुबा र छोराका साथै अन्य तीनजना पनि सैलुनमा काम गर्छन् । “चार हजारसम्म दैनिक आम्दानी हुन्छ, किन विदेश जानुपर्यो, यही केही गर्न सकिन्छ”, ठाकुरले भने । 

Global Ime bank

शोधपत्र बुझाएपछि यही व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने सोचाइमा उनको सोचाइ छ । उच्च शैक्षिक योग्यता हासिल गरेर सैलुन सञ्चालनमार्फत युवामा श्रमप्रति सम्मान र उत्प्रेरणा जगाउने कार्यबापत राष्ट्रपतिले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् ।  

“आँट हुनुपर्छ, आँटले नै व्यक्तित्व बनाउँछ । अपांगले के गर्न सक्दैन ? सीतानारा थारु भन्दै थिए । उनको कम्मरमुनिको शरीर चल्दैन । ह्विल चियर प्रयोग गर्नुहुन्छ तर उहाँ आफू अपांग भएर पनि सपांगलाई ज्ञान र सीप बाँड्न तल्लिन छन् ।  

बेलौरी नगरपालिका–६ कञ्चनपुरमा थारु समुदायका महिलालाई उद्यमशील बनाउन कल्पना सिलाइ केन्द्र सञ्चालनमा ल्याएका छन् ।  

“अपांग भएपछि लाागेको वचनरुपी घाउलाई मलमपट्टि लगाउन सिलाइ केन्द्र खोलेको हुँ । हाल केन्द्रमा १५ जनाले सिकाइ, कटाइ तथा बुनाइ सिकिरहेका छन्, पाँचजनालाई त रोजगारी नै दिएकी छु”, उनले भने । 

शारीरिक अपांगता भएर पनि उद्यमशील बनेर फरक फरक क्षमतालगायतका युवालाई प्रेरणा र मनोबल उच्च बढाएकाले उनलाई पनि राष्ट्रपति भण्डारीले एक लाखको राािष्ट्रय युवा प्रतिभा सम्मान प्रदान गरेका छन् ।  

विवाह गर्ने खर्च सेवामा लगाए 

“दोलखाबाट बाबाले नानी विवाह गर्ने बेला भएन ? अब त विवाह गर्नुपर्छ है । हुन्छ बाबा पाँच लाख तयार गर्नुहोस् र पठाइदिनुस् । बाबाले पठाउनुभएको पैसा आयो घर भाडालगायत अन्यमा खर्च गरेँ ।” 

तेत्तीस वर्षीय अविवाहिता सविता उप्रेतीले सार्वजनिक मन्तव्य राखिरहँदा राष्ट्रपति मुसुक्क हाँसेर साथ दिइन् । कार्यक्रममा सहभागीका ताली एक मिनेटसम्म जारी रह्यो । 

उनी अटिजम भएका बालबालिकाको सेवा र सीप प्रदान गर्न विशेष स्कूल तथा पुनःस्थापना केन्द्र स्थापना गरी सक्रिय छिन् । विसं २०६७ मा स्थापना भएको सो केन्द्रमा ४५ बालबालिका छन् । 

“विवाह गर्ने उमेर नाघ्न लागिसक्यो तर विवाहमा भन्दा सेवामा नै मेरो ध्यान गएको छ”, उनले भनिन् । उनले पनि अटिजम भएका बालबालिकाको सेवा र सीप विकास गर्न योगदान पुर्याएबापत रााष्ट्रिय युवा प्रतिभा सम्मान प्राप्त गरेका छन् ।  

यसैगरी चोरी शिकारी नियन्त्रणमा उल्लेखनीय योगदान पुयाएका बर्दियाका हेमन्त आचार्य, उच्च हिमाली जिल्लामा कृषि पर्यटनमा योगदान दिएबापत मनाङका समराज गुरुङ, सगरमाथा आरोहरणमा कीर्तिमान कायम गरेका फुर्वातेञ्जिङ शेर्पा, स्वास्थ्य अनुसन्धानकर्ता वसन्तकुमार शाही, इञ्जिनियरिङ क्षेत्रमा नयाँ खोज गरेका रामु खत्री र कृषि फार्ममा योगदान पु¥याएबापत विशाल राईलाई पनि ‘युवा प्रतिभा सम्मान पुरस्कार’ प्रदान गरिएको छ। 

यसैगरी युवा पहिचान पुरस्कार विभिन्न विधातर्फ ३० जनालाई प्रदान गरिएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC