site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छन् ।  

अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा युवा तथा खेककुद मन्त्रालय र मन्त्रालयअन्तर्गतका राष्ट्रिय युवा परिषद्द्वारा संयुक्तरुपमा शनिबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा सशक्तीकरणमा सरकार र निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरिन् ।  

राष्ट्रपति भण्डारीले “युवामा गरिने लगानीले नै देशमा आर्थिक समृद्धि हुन्छ, दिगो विकास तथा शान्ति कायम हुन्छ,” भन्दै युवा नीति, रणनीति तथा दूरदृष्टि .युथ भिजन) लाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरिन् ।  

Agni Group

युवावर्गलाई स्वदेशभित्र नै स्वरोजगारी, रोजगारी तथा उद्यमशील बनाउन उनीहरुको क्षमताअनुसारका सीप, प्रविधि र आर्थिक सहयोग प्रदान गर्न जरुरी रहेको चर्चा गर्दै उनले भनिन्,– “सरकारका नीति तथा कार्यक्रम पनि युवामैत्री हुनुपर्छ ।” 

राष्ट्रपति भण्डारीले गुणस्तरीय उच्च शिक्षा, प्राविधिक सीपले युवालाई व्यावसायिकता एवं उद्यमशीलता बनाउने हुँदा स्वदेशमै यी कुरा पूरा गर्न सकिएमा कामको खोजीमा युवा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।  

Global Ime bank

युवा आर्जित विप्रेषणले अर्थतन्त्र दिगोरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले राष्ट्रिय पूँजीका रुपमा युवा जनशक्तिलाई स्वदेशभित्र अवसरका ढोकाहरु खुल्ला गरिदिनसक्नुपर्छ बताइन् ।  

राष्ट्रपति भण्डारीले भनिन्, “पर्यटन, कृषि, जलस्रोतलगायतका क्षेत्रमा विकासका अनेक सम्भावना छ, यसलाई उचित उपयोग गर्नुपर्छ, देश विकासको नयाँ ढोका खोल्नुपर्छ, यो कार्य युवावर्गबाट मात्र सम्भव छ ।” 

मन्त्रालयले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको छ । पछिल्लो जनसंख्याअनुसार कूल जनसंख्यको ४० प्रतिशत अर्थात् एक करोड सात लाख युवा रहेका छन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा प्रतिभा÷उद्यमी सम्मान दश जना र ट्यालेन्ट हन्ट सम्मान नौजना युवालाई प्रदान गर्नुभयो । त्यस्तै उनले युवा र युवा दर्पणको वार्षिक अङ्क सार्वजनिकसमेत गरिन् ।  

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले युवा नीति, रणनीति तथा दूरदृष्टिलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई स्वदेशभित्र नै उद्यमशीलता बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।  

उनले युवा वर्ग कुण्ठा र निराशाले होइन, उत्साह र जाँगरले स्वदेशभित्र नै आफ्नो ज्ञान, सीप उपयोग गर्नुपर्नेमा जोड दिदैं यसका लागि के गर्नुपर्यो, सरकार त्यो गर्न तयार छ भनिन् ।  

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले एकवडा १० उद्यमी कार्यक्रमलाई मन्त्रालयले कार्यान्वयन गरेको जानकारी दिँदै जागिरखानुभन्दा उद्यमशील बन्न युवा आग्रह गरिन् ।  राष्ट्रिय युवा परिषद्का कार्यकारी निर्देशक माधव ढुंगेलले आर्थिक समृद्धिका आधार युवा वर्ग भएकाले यसमा लगानी बढाउन सरकारले ध्यान दिनुपर्छ भनिन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC