site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग श्रीलंकाका विदेश राज्यमन्त्री वसन्त सेनानायकेले शिष्टाचार भेट गरेका छन् ।  परराष्ट्र मन्त्रालयमा शनिबार बिहान भएको भेटवार्तामा द्विपक्षीय हित, चासो र आपसी सम्बन्धका बारेमा छलफल भयो । 

उक्त अवसरमा परराष्ट्रमन्त्री महराले लुम्बिनी र बौद्ध धर्मावलम्बीका कारण दुई देशको सम्बन्धलाई प्रगाढ बनाएको भन्दै नेपाल–श्रीलंका सम्बन्ध सांस्कृतिकरुपमा बलियो रहेको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनी क्षेत्रको बृहत्तर विकास गरी दुई देशबीचको पर्यटन प्रवद्र्धनमा लग्नुपर्ने बताउँदै उनले त्यसका लागि दुबै देशले सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।  

मन्त्री महराले भने, “लुम्बिनी क्षेत्रमा पर्ने रामग्राम, तिलौराकोटलगातका क्षेत्र दुवै मुलुकका लागि महत्वपूर्ण पर्यटन गन्तव्य हो ।” 

Global Ime bank

दुई देशबीच रहिआएको वर्षौंदेखिको सम्बन्धलाई अझ निकट तुल्याउन द्विपक्षीय बैठकलाई निरन्तरता दिने र दुई देशका संयन्त्रलाई क्रियाशील बनाउनुपर्ने धारणा उनले व्यक्त गरे ।  

भेटमा श्रीलंकाका विदेश राज्यमन्त्री सेनानायकेले लुम्बिनी क्षेत्रलाई केन्द्रित गरेर ‘कनेक्टिभिटी’ बढाउन पहल गर्नुपर्ने बताउँदै दुवै देशबीच रहिआएको असल सम्बन्धलाई विस्तार गर्नका लागि दुई देशबीच नियमित भेटघाट हुनुपर्नेमा जोड दिए ।  

भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना र नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस परेरा सहभागी भएको उपप्रधान तथा परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC