काठमाडौं । नेपाली कथानक चलचित्र ‘जोनी जेन्टलम्यान’ ले आफ्नो प्रचार प्रसार सुरु गरेको छ । शुक्रबार चलचित्रका मुख्य कलाकार पल शाह, आँचल शर्मा तथा निर्माता एन्ड्रिउ पौडेल र अजय मल्ल शुक्रबार चितवन पुगेर चलचित्रको प्रचार सुरु गरे ।
शुक्रबार चितवनमा चलचित्र युनिटले ‘जेन्टलम्यान’ क्लबको नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने उद्योग वाणिज्य संघका चितवनका अध्यक्ष राजन गौतम र समाजसेवी छाया श्रेष्ठलाई सम्मान गरेको थियो ।
चलचित्रकी नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै ‘जेन्टलम्यान’ भएको बताइन् । नायक पल शाहले आफूले एउटा राम्रो चलचित्रमा काम गरेको र चलचित्र राम्रो बनेको भन्दै उपस्थित दर्शकलाई चलचित्र हेर्न अनुरोध गरेका थिए । कार्यक्रम अघि चलचित्र युनिटले चितवनका पत्रकारहरु सग पत्रकार भेटघाट कार्यक्रम समेत गरेको थियो ।
नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । चलचित्र यहि भाद्र ३० गते बाट प्रदर्शनमा आउँदैछ ।