site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

जाजरकोट । लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । 

लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपालिका –३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ । 

Agni Group

कुलो बाढीले भत्काउँदा ६५ घरधुरी अध्यायारोमा बस्न बाध्य भएको त्रिवेणी नलगाड नगरपालिका – ३ का वडा अध्यक्ष प्रचण्ड बलीले बताए । सोही नपाकै वडा नं – ९ तात्रामा रहेको रु ७२ लाख बराबरको १८ किलोवाट क्षमता भएको दोवीया खोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको वडा अध्यक्ष विष्णु विकले बताए ।  

यो विद्युत् अवरुद्ध भएपछि यहाँका ५० भन्दा बढी घर अन्धकारमा बस्न बाध्य भएका छन् । 

Global Ime bank

कुशें गाउँपालिका– २ मा रहेको झण्डै रु एक करोड ४० लाखको लागतमा निर्माण गरिएको खाराखोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ । झण्डै ३६ किलोवाट विद्युत् खपत क्षमता भएको सो लघु जलविद्युत् आयोजनाको कुलो बाढीले भत्काएसँगै चारसय घरधुरीका स्थानीय बासिन्दाले अध्याँरो झेल्नुपरेको कुशें गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।  

बारेकोट गाउँपालिका –२ रोकायगाउँमा रहेको गाग्रा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन रोकिएको हप्ता दिन पुगिसक्दा पनि निर्माण कार्यमा सरोकारवाला निकायले चासो नदेखाएको स्थानीय गोरख घर्तीले गुनासो गरे ।  

बर्षायाममा जताततै खोलामा पानीको मात्रा बढेका कारण सजिलै सामग्री ढुवानी गर्न समस्या भएको उपभोक्ताले बताएका छन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC