काठमाडौं । राणा दग्गुबती र काजल अग्रवालको चलचित्र ‘नेने राजू नेने मंत्री’ शुक्रबार रिलिज भएको छ । यो वर्ष ‘बाहुबली–२’ पछि राणाको यो दोस्रो चलचित्र हो । फ्यानहरू उनको चलचित्र राम्रो हुने अपेक्षामा छन् ।
तेलुगु ३६० ले चलचित्रलाई २.५ स्टार दिएको छ ।
चलचित्रमा राणा दग्गुबतीले पुँजीपतिबाट नेता बनेका जोगेन्द्रको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनी आफ्नी श्रीमती (काजल अग्रवाल) लाई अत्यधिक माया गर्छन् । एक दिन उनकी श्रीमतीलाई गाउँकी प्रमुखकी श्रीमतीले दुव्र्यवहार गर्छिन् । तिनलाई सम्झाउन जोगेन्द्र गाउँको प्रमुख बन्न चाहन्छ । केही समयपछि जोगेन्द्र गाउँको प्रमुखमात्र नभएर विधायक बन्छ ।
राजनीतिमा प्रवेश गरेपछि जोगेन्द्रको एउटै उदेश्य हुन्छ, प्रदेशको मुख्यमन्त्री बन्ने । उनको उद्देश्य पूरा होला ? यसको उत्तर चलचित्र निर्देशक तेजाले निकै दिलचस्प तरिकाले दिएका छन् ।
चलचित्रले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्छ । चलचित्रका शीर्ष पात्रले उत्कृष्ट अभिनय गरेको अमरउजालाले लेखेको छ । राणा दग्गुबतीका लागि यो अभिनय करियरकै उत्कृष्ट मध्ये एउटा हो । चलचित्रले राम्रो ‘रिभ्यू’ पाएको छ । बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।