site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बलिउड फ्राइडेः ‘टोइलेटः एक प्रेमकथा’
Ghorahi CementGhorahi Cement

काठमाडौं । अक्षय कुमार–भूमि पेडनेकर अभिनित चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ रिलिज भइसकेको छ । समीक्षकले चलचित्रको प्रसंसा गरेका छन् । दर्शकले पनि चलचित्रलाई मनपराएका छन् । चलचित्रमा कमेडी, डान्स, रोमान्स, सन्देशका साथै सामाजिक मुद्दा पनि उठाइएको छ ।

ट्रेड एनलिस्ट तरण आदर्शले ट्विटरमा ‘वनवर्डरिभ्यू’ भन्दै चलचित्रलाई उत्कृष्ट भनेका छन् । त्यस्तै उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देशलाई उत्कृष्ट तवरले प्रस्तुत गरेको लेखेका छन् । अक्षय कुमार, भूमि पेडनेकर र दिव्येन्दुलगायतको अभिनयलाई सशक्त भनेको छन् ।

Agni Group

बक्स अफिसको कुरा गर्दा चलचित्रको सुरुआत राम्रै देखिएको छ । बिहानको शोमा झण्डै ६० प्रतिशत अकुपेन्सी देखिएको छ । यसले राम्रै कमाइ गर्ने अनुमान गर्न सकिन्छ । केही शहरमा चलचित्रको उत्कृष्ट ओपनिङ रह्यो । साँझको शोमा यो आँकडा वृद्धि हुने अनुमान गरिएको छ ।

ट्रेड एनलिस्टले चलचित्रले १३–१४ करोडको ओपनिङ दिनसक्ने अनुमान गरेका छन् । १८ करोडको लागतमा बनेको चलचित्र भारतमा ४००० स्क्रिनमा रिलिज भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  ०२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC