site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोन्टिन्हो लिभरपुल छाड्ने मनस्थितिमा, क्लब छाड्ने अनुमति मागे  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ब्राजिलियन फुटबलर फिलिपे कोन्टिन्होले लिभरपुलसँग क्लब छाड्ने अनुमति मागेका छन् ।
कोन्टिन्होलाई बेच्न स्पेनिस क्लब बार्सिलोनाले राखेको प्रस्ताव लिभरपुलले अस्वीकार गरेपछि कोन्टिन्होले आफुलाई क्लब छाड्ने अनुमति दिन क्लबसँग अनुमति मागेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । 
ब्राजिलियन मिडफिल्डर कोन्टिन्होले लिभरपुललाई इमेलबाट आफुले क्लब छाड्न चाहेको र क्लब छाड्न अनुमति दिन आग्रह गरेको इंग्लिश अनलाइन मिररले समाचार लेखेको छ ।  
बार्सिलोनाले यसै साता २५ बर्षिय  मिडफिल्डर कोन्टिन्हो भित्र्याउन लिभरपुलसँग  १० करोडको युरोको प्रस्ताव गरेको थियो  । आफ्नो स्टार खेलाडी नेयमार विश्व किर्तिमानी रकममा बार्सिलोनाबाट फ्रान्सको पेरिस सेन्ट जर्मन पिएसजी गएपछि बार्सिलोनाले कोन्टिन्होलाई क्लबमा भित्राउन खोजेको हो । तर, लिभरपुलले बिहिबार उक्त प्रस्तावलाई अस्वीकार गर्दै कोन्टिन्हो बिक्रीमा नरहेको बताएको थियो । 
कोन्टिन्होलाई बार्सिलोनाले अनुबन्धन गर्न चाहेको यो दोस्रो पटक हो । यसअघि पनि बार्सिलोनाले सन् २०१३ मा कोन्टिन्होलाई भित्र्याउन चाहेको थियो । त्यसबेला उनी इटालियन क्लब इन्टर मिलानबाट लिभरपुल गएका थिए ।  लिभरपुलमा कोन्टिन्हो गतबर्षको जनवरीमा ५ बर्षको लागि अनुबन्धन भएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC