site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सम्झौता भएको दुई बर्षपछि हिटिङ सिस्टमको पौडीपोखरीको शिलान्यास 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिसद (राखेप) र नेपाल पौडी संघबीच सम्झौता भएको दुई बर्ष पछि हिटिङ सिस्टमको स्विमिङ पुलको शिलान्यास भएको छ । सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसर हातामा बन्न लागेको हिटिङ स्विमिङ पुलको शिलान्यास शुक्रबार युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले गरेका छन् । 
शुक्रबार शिलान्यास गरिएको हिटिङ स्विमिङ पुलको बनाउने सम्झौता राखेप र संघबीच दुई बर्षअघि नै भएको थियो । त्यसबेला तत्कालिन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको रहोबरमा राखेप सदस्यसचिव केशवकुमार विष्ट र पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सातदोबाटोस्थित हाल रहेको पौडी पोखरीको दक्षिणमा रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको हिटिङ पुल दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौढाईंको हुनेछ । ३३ करोड ५४ लाख ६३ हजार ९ सय १३ रुपैयाँ लागत अनुमान गरिएको पुल हातामा तीन वटा मुख्य ब्लक रहनेछन् । त्यसमा कार्यालय, खेलाडी र पुल ब्लक रहनेछ । 
कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्यारापिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको च्यान्जिङ कक्ष बनाइनेछ । त्यस्तै पुल ब्लकमा पुल, ब्लान्सिङ ट्याङ्गलगायत निर्माण गरिने छ ।
पौडी पोखरीको शिलान्यासपछि बोल्दै मन्त्री केसीले पोखरीको निर्माण सक्न करिब ३४ करोड लगानी लाग्ने बताए । यस्तै मन्त्री केसीले पुलको गुणस्तर र समयसीमामा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिदै पुन निर्माणको कार्य प्रगति बारे समय–समयमा मन्त्रालयलाई जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पौडी संघलाई निर्देशन दिए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुल निर्माणका लागि राखेपले सरकार मार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने संघसंग सम्झौता भएको बताउदै संघको २५÷३० वर्षदेखिको अभियानले गति लिन थालेको धारणा व्यक्त गरे । उनले २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अवगत गराए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC