ad

साहित्य र कला

‘ऐश्वर्य’ को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ को गीत सार्वजनिक गरिएको छ । कात्तिक २ गतेलाई रिलिज डेट तय गरिएको चलचित्र ‘ऐश्वर्य’को पहिलो रोमान्टिक गीतमा रमेश उप्रेती र नव नायिका दीपिका प्रसाईलाई फिचरिङ गरिएको छ । 

अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । गीत सार्वजनिक कार्यक्रममा नायक रमेश उप्रेतीले ‘ऐश्वर्य’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । फिल्ममा रमेश र दीपिकासँगै केकी अधिकारी, केशव भट्टराई लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । 

चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । 

तपाईंको मत