site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बरेली की बर्फी’ को नयाँ पोस्टर सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आयुष्मान खुराना, कृति सेनन र राजकुमार रावको चलचित्र ‘बरेली की बर्फी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेड एनलिस्ट तरण आदर्शले चलचित्रको पोस्टर ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । 
चलचित्रमा कलाकारको भूमिकाका बारेमा बताउँदा कृति सेननलाई चलचित्रमा छुट्टै भूमिकामा देख्न सकिन्छ । कृति एउटा सानो शहरकी केटी बिट्टीको भूमिकामा हुन्छिन् । जसले ठूलो सपना देख्ने गरेकी हुन्छिन् । 
उनी ब्रेक डान्सको सोखिन र अंग्रेजी चलचित्र हेर्ने गर्छिन् । र आफ्नो कुमारीत्वका बारेमा कुरा गर्न पनि लाज मान्दिनन् । बिट्टी ‘बरेली की बर्फी’ का लेखकको खोजीमा हिंड्छिन् । उनलाई बुझ्ने उही मात्र एक व्यक्ति छ भन्ने उनलाई लाग्छ र उनका लागि दुलाहा बन्न ऊ नै योग्य छ । 
अभिनेता आयुष्मान खुराना, चिराग दुबेको भूमिकामा छन् । उनी बिट्टीलाई प्रेम गर्छन् । उनी एउटा प्रिन्टिङ प्रेसका मालिक हुन्छन् । यसैले ‘बरेली की बर्फी’ का लेखक प्रितम विद्रोहीलाई चिन्छन् । ट्रेलरमा चिराग बिट्टीलाई आफ्नो प्रेममा पार्न हरेक प्रयास गरेको देखिन्छन् । प्रितमले बिट्टीको मन भाँचुन र बिट्टी आफूसँग आकर्षित हुन् भन्ने चिरागका सोचाइ छ ।
चलचित्रमा राजकुमार रावले प्रितमको भूमिका निर्वाह गरेका छन्। चलचित्रको ट्रेलरमा प्रितम सारी बेच्दै गरेको देखिन्छन् । चलचित्रमा राजकुमार राजकुमारको दोहोरो भूमिका छ, एउटा सारी बेच्ने र अर्को चिरागले बनाएका गुन्डा । 
चलचित्रको निर्देशन अश्विन अय्यर तिवारीले गरेका छन् । चलचित्र १८ अगस्टमा रिलिज हुँदैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC