site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रको सुझावविपरित एमाले नेता नेपाल उत्तर कोरिया प्रस्थान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल उत्तर कोरिया प्रस्थान गरेका छन् ।  उनी अपरान्ह थाइ एयरमार्फत उत्तर कोरिया प्रस्थान गरेको स्रोतले जानकारी दियो । 

उत्तर कोरिया सरकारको निमन्त्रणमा नेता नेपाल शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेको स्रोतले जानकारी दियो ।   पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेता नेपाल उत्तर कोरिया जाने आफूले थाहा पाए पनि पार्टी कार्यालयमा त्यसको जानकारी नआएको बताए ।

“उहाँ जाने भन्ने मैले सुनेको हुँ । पार्टी कार्यालयमा जानकारी आइपुगेको छैन, किन र केका लागि जाँदै हुनुहुन्छ, पार्टीलाई जानकारी छैन,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia


पछिल्लो समय उत्तर कोरियासँग अमेरिका र दक्षिणकोरियासँग तनाब बढिरहँदा नेता नेपालको भ्रमणको विषयलाई लिएर अनेक टिका टिप्पणी भइरहेको छ । तर, नेता योगेश भट्टराई नेता नेपाल उत्तर कोरिया जानु सामान्य विषय भएको बताउँछन् । एमाले सचिव तथा प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले उत्तर कोरियाली नेता नेपाल आउने र नेपालका नेता उत्तरकोरिया जाने क्रम आजमात्रै सुरु नभएको भन्दै सामान्यिकरण गर्छन् ।

परराष्ट्रले भन्यो– विषम परिस्थितिमा भ्रमण गर्नु अनुपयुक्त

Global Ime bank

पूर्वप्रधानममन्त्री नेपालसहित ६ सांसदहरु उत्तर कोरियाको एक कार्यक्रमा सहभागी हुने परराष्ट्र मन्त्रालयमा जानकारी आएको बताएको छ । पराराष्ट्रकाअनुसार नेता नेपाल ६ सांसदसहित उत्तरकोरियाका शासक परिवारको प्रशंसास्वरुप आयोजित  इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्संन्स अफ माउन्ट पिकेटु कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका हुन् ।

उनीबाहेक बाँकी सांसदको टोली बिहीबार नै त्यसतर्फ प्रस्तान गरेको छ । नेता नेपाल श्रीमतिका साथ प्रस्थान गरेका छन् ।

पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका नेपाललाई उत्तर कोरियाको परिस्थिति ठिक नभएको र संयुक्त राष्ट्रसंघले पनि उक्त देशसँग आर्थिक, सामाजिक गतिविधि नबढाउन आग्रह गरेको जानकारी मन्त्रालयले गराएको थियो । 

तर, नेपालले पूर्व निर्धारित कार्यक्रम भएको तथा नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेकाले उक्त कार्यक्रममा जाने बताएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

उत्तर कोरियाले संयु्क्त अधिराज्य अमेरिका, दक्षिण कोरिया लगायत देशलाई आक्रमणको धम्की दिँदै विभिन्न क्षेप्यात्र र मिसाइल परीक्षण गरिरहेको छ । 

जसले गर्दा विश्व राजनीतिमा तरंग तथा द्वन्द्वको अवस्था रहँदा नेपालको भ्रमण विवादमा तानिएको छ । 

उत्तर कोरियाको गतिविधि विश्व शान्ति खलबलाउने किसिमको भएको ठहर गर्दै संयुक्त राष्ट्रसंघको सेक्युरिटी काउन्सिलले हालै उवरुद्ध अझ कडा नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको छ ।  

त्यससँगै राष्ट्रसंघले उत्तर कोरियासँग धेरै कूटनीतिक, आर्थिक तथा सामाजिक सम्पर्क नगर्न आग्रह गरिरहेका बेला नेता नेपालले परराष्ट्रको सल्लाहलाई अटेरी गरेको बताइएको छ ।

उनको भ्रमणबारे कूटनीतिक रूपमा चासो व्यक्त भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC