site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँ सैनिक दोक्लामबाट पछि हटेको छैनः चिनियाँ विदेश मन्त्रालय
Ghorahi CementGhorahi Cement

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले पश्चिमा सञ्चारमाध्यमले दाबी गरेअनुसार दोक्लाम क्षेत्रबाट चिनियाँ सैनिक पछि नहटेको प्रस्ट पारेको छ ।

दोक्लामको विषयमा बढ्दै गएको तनाव साम्य पार्नको लागि चीनले आफ्ना सैनिकलाई फिर्ता बोलाउने निर्णय नभएको प्रस्ट पार्दै अन्य सञ्चारमाध्यममा आएको खबरको खण्डन गरेको हो ।

Agni Group

मंगलवार मात्रै बेलायती समाचारसंस्था रोयटर्सले भारतले चीनलाई आफ्ना सैनिक २ सय ५० मिटर पछि लैजान आग्रह गरेको र चीनले आफ्ना सैनिकलाई एक सय मिटर पछि हट्नको लागि आदेश दिएको समाचार लेखेको थियो । तर मन्त्रालयले भने ती दाबी झुठो भएको बताएका छन् । 

“चीनले आफ्नो भौगोलिक सार्वभौमिकतामा कुनै पनि हालतमा आँच आउन दिने छैन, यसमा चीनको धारणा प्रस्ट छ, भारतले तत्काल बिना कुनै सर्त आफ्नो फौज र बख्तरबन्द तत्काल आफ्नो क्षेत्रतर्फ लैजानुपर्छ, चिनियाँ विदेशमन्त्रालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ,” समाचारमा भनिएको छ ।

Global Ime bank

चाइना डेलीसँग कुरा गर्दै चाइनिज एकेडेमी अफ सोसल साइन्सेससँग सम्बन्धित एक विज्ञ सन होङनियनले पछि हटेको भन्ने समाचारलाई झुठो भन्दै उक्त समाचार भारतबाट आएको र दोक्लामलाई एक विवादित क्षेत्र बनाउन खोजेको आरोप लगाएका छन् ।

गत जुनको मध्यमा भारतीय सेनाले चिनियाँ क्षेत्रमा बनाउन लागिएको सडक निर्माणमा सुरक्षा खतरा देखाउँदै अवरोध पु¥याएको थियो ।

बिहीवार मात्रै पनि केही भारतीय सञ्चारमाध्यमले स्रोतलाई उदृत गर्दै भारतीय सेनाले दोक्लामबाट ३५ किलोमिटर वरपर रहेका भारतीय गाउँमा रहेका मानिसहरुलाई अन्यत्रै सर्न आग्रह गरेको दाबी गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC