site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रीएयरले पायो उडान अनुमति, शुक्रबारबाट उडान भर्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई ‘फिक्स्ड विङ’ जहाजबाट नियमित व्यापारिक उडान गर्न अनुमति दिएको छ । लामो समयदेखि अनुमतिका लागि आग्रह गरे पनि उडान अनुमति पाउन नसकेको श्रीलाई प्राधिकरणले बिहीबार उडान अनुमति दिएको हो । 

“आजबाट नियमित व्यापारिक उडान भर्ने अनुमति पायौं,” श्री एयरका कर्पोरेट म्यानेजर अनिल मानन्धरले भने,  “शुक्रबार हामी काठमाडौंबाट भैरहवा, नेपालगन्ज वा धनगढीमा उडान भर्नेछौं ।” पहिलो उडान ५० सिट क्षमताका सीआरजे–२०० सिरिजको विमानले गर्नेछ ।

Agni Group

उनका अनुसार श्रील आइतबारबाट नियमित उडान भर्नेछ । “पूर्वको विराटनगरदेखि धनगढीसम्म नियमित उडान भर्नेछौं,” मानन्धरले भने “यसका लागि मार्केटिङका साथीहरुले व्यवस्थापनको काम गरिरहनु भएको छ ।” सुरुमा अरु एयरलाइन्सले तय गरेकै टिकट दरमा यात्रुलाई सेवा दिने पनि उनले बताए ।

 कम्पनीका अनुसार काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढी सेक्टरमा नियमित व्यावसायिक उडान गरिनेछन् । 

Global Ime bank

श्री एयरसँग क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित ७० सिट क्षमताको ‘क्यानडियन रिजनल जेट’ (सीआरजे–७००) सिरिजको एकथान र ५० सिट क्षमताका सीआरजे–२०० सिरिजका दुईथान जहाज छन् । सबै जहाज जेट इन्जिन जडित हुन् ।   

चार महिनाअघि जहाज काठमाडौं अवतरण गरे पनि उडान अनुमति नपाउँदा थन्किएका थिए ।  

श्री एयरलाइन्स नेपालकै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी हो । श्रीसँग अहिले साना र ठूला गरी ८ वटा हेलिकप्टर सञ्चालनमा छन् । श्रीले हेलिकोप्टरको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) मा जहाज थपको अनुमति पाएपछि जहाज ल्याउन सुरु गरेको थियो ।

श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवलाई जहाज उडानमा प्रयोग गर्न लागेको हो । जहाज उडान सँगै हेलिकोप्टर सेवालाई पनि निरन्तरता दिने कम्पनीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC