site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी वामपन्थी होइन लाभपन्थी र पदपन्थी : अध्यक्ष ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र वामपन्थी नभइ लाभपन्थी र दक्षिणपन्थी भएको आरोप लगाएका छन् । पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले साना कम्युनिष्ट पार्टीमा संकिर्णता हावी भएकाले कम्युनिष्ट पार्टी एक हुन नसकेको बताए ।

“एमालेमा तीन लाख संगठित सदस्य एकै ठाउँमा बसेर काम गर्न सक्छन्, अरू साना पार्टी पनि एकै ठाउँमा बसेर काम गर्न नसकिने भन्ने होइन तर एक हुन सकिराखेका छैनन्,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले एमाले कम्युनिष्ट आन्दोलनको मात्रै मुल प्रवाह नभएको भन्दै देशकै राजनीतिको मुलप्रवाह भएको जिकिर गरे । “कसैकसैले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भनको सुनिन्छ । एमाले कम्युनिष्ट आन्दोलनकोमात्रै मूल प्रवाह होइन, देशकै मूल प्रवाह हो । एमालेको विचार, राजनीति, नीति, कार्यक्रम देशकै विचार, राजनीति नीति र कार्यक्रम हो,” उनले दाबी गरे ।
उनले माओवादी केन्द्र पदका लागि जस्तोसुकै दक्षिणपन्थीसँग साँठगाँठ गर्न पुगेको भन्दै ऊ वामपन्थी नभएको औँलयाए । 

एमालेले समृद्धिको उडान भरिरहेको भन्दै सानातिना संकिर्णतामा नअल्झने बताए  । तात्कालिन र क्षणिक स्वार्थले अरूलाई अल्मल्याइरहेको उनको आसय थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC