site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फिफा वरियतामा नेपालको सुधार, ब्राजिल शीर्ष स्थानमा उक्लियो
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपालले सुधार गरेको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो । 

फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान उक्लेर १६९ औं स्थानमा पुगेको छ । फिफाले गत महिना सार्वजनिक गरेको वरियतामा नेपाल १७० औं स्थानमा रहेको थियो । फिफाको नयाँ वरियताअनुसार नेपाल दक्षिण एसियामा भने पाँचौं स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् । 

Agni Group

दक्षिण एसियामा शिर्ष स्थानको भारत १ स्थान तल झर्दै ९७ औं स्थानमा झारेको छ । दोस्रो स्थानमा रहेको माल्दिभ्स १४२ औं स्थानमा यथावत छ । यस्तै, दक्षिण एसियामा अफगानिस्तान १५६ औं स्थानमा रहँदा एक स्थान झारेको भुटान १६५  औं स्थानमा छ । नयाँ वरियतामा नेपाल भन्दा तल बंगलादेश १८९ , श्रीलंका १९७ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

फिफाले जारी गरेको नयाँ बरियतामा ब्राजिल शिर्ष स्थानमा उक्लेको छ । ब्रजिलले जर्मनीलाई पछि पारेको हो । यस्तै जर्मनी ब्राजिल दोस्रो स्थानमा झरेको छ भने अर्जेन्टिना तेस्रो स्थनमा यथावत छ । त्यस्तै चौथोबाट क्रमशः स्विजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र  फ्रान्स दशौंमा छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC