site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कसरी हिट भइन्छ भन्ने हुँदा तिज गीतमा विकृति आए 
Ghorahi CementGhorahi Cement

महिलाहरुको ठूलो पर्व तिज घरआँगनमा आउनै लागिसकेको छ । यो अवसरमा देश तथा विदेशमा तिज विशेष कार्यक्रमहरु भइरहेका छन् । तिजका कार्यक्रममा गायक पशुपति शर्मा पनि व्यस्त छन् । केही समयअगाडि तिजकै कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया पुगेर फर्किएका पशुपति अहिले बाग्लुङमा छन् । उनी केही दिनमै दुबई जाँदैछन् । उनै पशुपति शर्मासँग तिज गीतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

तिजको कार्यक्रममा कत्तिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु भन्नुपर्छ । अहिले बाग्लुङमा छु । अब काठमाडौं फर्किएर दुबई जाँदैछु । केही समय अगाडि अष्ट्रेलिया तिजकै कार्यक्रमका लागि पुगेको थिएँ । 

यो वर्ष तिजका कति गीत निकाल्नु भयो ?
१४ वटा भए । सबै मेरो आफ्नै शब्द र लयका हुन् । म व्यावसायिक गीत धेरै गाउँदिन र अरुका गीत पनि गाउँदिन । 

Agni Group

तिजका पुराना र नयाँ गीतलाई कसरी तुलना गर्नुहुन्छ ?
पहिलाका गीत धेरै टिपिकल हुन्थे । गाउँघरमा गाइने यथार्थपरक हुन्थे । अहिले परिष्कृत र परिमार्जित हुँदै आएका छन् । परिष्कृत र परिमार्जित हुने क्रममा केही विकृति पनि आएका छन्, त्यसलाई पनि स्वीकार्नुपर्छ । 

विकृति किन भित्रियो ?
सस्तो लोकप्रियताका लागि कसरी हिट भइन्छ भनेर जस्ता पनि गीत निकाल्ने कलाकारका कारण विकृति भित्रिएको छ । वास्तविक मौलिक गीत केही कम भएका हुन् कि जस्तो लाग्छ । ठूलो झुण्ड भएपछि त्यसमा केही खराव हुन्छन् । नराम्रो गर्नेहरु पनि छन् । 

Global Ime bank

पर्व गीत निकाल्छु भनेर कलाकार जिम्मेवार हुन छाडेका हुन् ?
नराम्रो काम गर्नेहरु चर्चामा आए । यसो गरे माथि आइँदोरहेछ भन्ने भयो । राम्रो काम गर्ने कलाकार पछि परिरहेका छन् । अनुशासित, मर्यादित, जिम्मेवार भइयो भने पछि परिँदोरहेछ भन्ने अनुभव मैले गरेको छु । मिडियाले यस्तैलाई चर्चा गर्दा रहेछन् । दर्शक स्रोताले पनि त्यस्तै गीत सुन्दा रहेछन् रस्टेज मार्यक्रममा पनि त्यस्तै कलाकारलाई बोलाउनु हुँदोरहेछ भन्ने भएर पनि यस्ता गीतको संख्या बढेको छ । यी कारण अहिले आइरहेका नयाँ भाइबहिनीहरु चुकिरहेको हो कि जस्तो लाग्छ । 

त्यो भए राम्रा गीत हिट हुनु र मौलिक गीत छायाँमा पर्नुको मुख्य कारण दर्शक, स्रोता र आयोजक नै हुन् ?
सामाजिक सञ्जाल, अनलाइन तथा युट्युब च्यानलमा वास्तविक सर्जकलाई स्थान दिएको मैले पाएको छैन । नराम्रा गीतकै चर्चा भए पनि के रहेछ भनेर मान्छेले हेर्छ । लोक गीतसंगीत र तिजका गीत छायाँमा पर्नुमा कलाकारको मात्रै दोष छ जस्तो मलाई लाग्दैन । यसमा कलाकारदेखि सञ्चारकर्मी, दर्शक स्रोता र कार्यक्रम आयोजकको उत्तिकै दोष छ । गीत संगीत सेन्सर गर्नका लागि सेन्सरबोर्ड नभएपछि यसको सेन्सर सञ्चारमाध्यम र दर्शक स्रोताले नै गर्नुपर्छ । नराम्रा गीतको कुरै नगरे ति आफैं विलिन भएर जान्छन् । 

सेन्सर बोर्डको आवश्यकता औल्याउनु भएको हो ?
हो, मुख्य कुरा नै यही हो । 

सेन्सर बोर्ड स्थापना गर्ने हो भने फेरी सबैभन्दा पहिला प्रजातान्त्रिक समाजमा पनि सेन्सरबोर्ड स्थापना गर्ने भनेर विरोध गर्ने पनि कलाकारले नै होला नि !
म जति पनि साथीभाइ तथा सर्जकहरुलाई भेट्छु, उहाँहरु सेन्सर बोर्ड आवश्यक रहेको बताउनुहुन्छ । केहीले विरोध पनि गर्नुहोला तर त्यस्ता खराव नियत भएकाहरुका कुरा सुन्नुपर्छ भन्ने पनि हुँदैन । ९० प्रतिशत भन्दा धेरै बोर्डकै पक्षमा हुनुहुन्छ । 

तपाईंका तिज गीत कस्ता हुन्, टिपिकल कि परिष्कृत परिमार्जित ?
२४ वटा मेरा गीतमा ६ वटा टिपिकल छन् । ५ वटा व्यङग्यात्मक बनाएको छु, केही ठठ्यौली गीत बनाएको छु । कलाकारले गीत विगारे भनेर टिप्पणी भइरहेका बेला मौलिक गीतको स्थान कहाँ छ, कत्तिको चल्छन् भनेर मैले प्रयोग गरें । वास्तवमा तिनै ठट्यौली गीत अगाडि आइरहेका छन् । मौलिक गीत पछि परेका छन् । मलाई जुन गीत मन परेको छ र चल्छ भनेर गाउँछु त्यो गीत पछि परिरहेको छ । मलाई अर्को साल गीत बनाउन आग्रह गर्नेले पोहोर साल चलेको जस्तो गीत बनाइदेउ त भन्छन् । 

भनेपछि तपाईंले पनि मौलिक गीत गाउन छोडेर परिष्कृत गीत गाउँदै जाने हो ?
होइन । मैले टिपिकल गीत नै गाउने हो । गत वर्ष भन्दा यो वर्ष मौलिक गीत नै बढी गाएको छु । चल्छन् भन्दैमाव्यङ्ग्यात्मक गीत गाउने होइन । अर्को साल व्यङ्ग्यात्मक गीतलाई कम गर्दै जान्छु । मौलिक गीत बढाउँदै जान्छु । 

व्यङ्ग्यात्मक गीत तिजमा गाउने हो र ? पशुपति शर्माले तिजलाई कमेडी बनाइदियो भन्नेहरु पनि टिप्पणी भइरहेको छ नि !
आ–आफ्नो तरिकाले हेर्ने हो हरेक कुरालाई । सबैले एकै खालको गाउने होइन । सिर्जनाको पनि आ–आफ्नैपन हुन्छ । कमेडीमा पनि व्यङ्ग्य गरिरहेको हुन्छु मैले । व्यङ्ग्यात्मक गीत पनि गाउन हुन्छ जस्तो लाग्छ मलाई । पहिला पहिलाका गीत सुन्दा पनि त्यस्ता गीत छन् । झुक्किएर करेन्ट लागेका, सातो गएका जस्ता ठट्यौली कुराहरु पनि छन् । सन्देश दिने कमेडीहरु गरिरहेका छन् । मेयरनीको पोई, कोमल वलीका लागि बनाएको गीत तथा छोरोका लागि बनाएको गीत पनि सन्देशमूलक गीत छन् । 

तिजका गीतमा व्यङ्ग्य गर्ने कि गाइजात्रामा ?
गाइजात्रामा ठाडो व्यङ्ग्य हुन्छ भने गीतमा सिर्जनात्मक व्यङग्य हुन्छ । यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरामा भर पर्छ । 

तिजका गीतलाई कसरी मर्यादित बनाउन सकिन्छ होला ?
यो कुरा मैले लामो समय देखि उठाउँदै आएको छु । मैले गाएका गीत म श्रीमती, छोरी, बुवाआमा, दिदी बहिनीसबैसँग बसेर हेर्न सक्छु त्यस्तै गीत सबैले बनायो भने विकृति आफैं हराएर जान्छ । म सधैं १८ वर्षको हुन्छु र ? । ३०, ४०, ५० वर्षको पनि हुन्छु त्यो बेला पनि मैले मेरा गीत सुन्नुपर्छ भनेर स्वयम् गायकले आत्मसमीक्षा गर्यो भने सबै समस्याको समाधान हुन्छ । 

तिजका गीत महिलाले मात्रै गाएको राम्रो भन्नेहरु पनि छन् । के भन्नु हुन्छ यसमा ?
महिलाले मात्रै गाउने । शिवजीको पूजा गर्न किन मन्दिर जाने, महिलाको पर्व हो दाइभाई लिन नआउ भनेर भन्ने र पुरुषको भूमिका नै छैन भनेर भन्ने हो भने शिवजीको मन्दिरमा विहानै ४ बजे किन लाइनमा बस्न जानु पर्यो ? बुझ्ने हो भने पुरुषको भूमिका अनिवार्य छ । आफू पनि गर्न नसक्ने अनि अरुलाई पनि लडाउने कुरा मात्रै हो यो । पुरुषको अहम् भूमिका भएको महिलाको महान पर्व हो तिज । प्रमुख भूमिकामा रहने शिवजी पुरुष हैन र ?

जसले तिजका गीत सुरु गर्यो, हरिदेवी कोइराला, विमाकुमारी दुरा उहाँहरु नै पछि परिरहनु भएको छ । कारण के होला ?
म पनि अब धेरैको अग्रज भइसकें । मैले पनि उनीहरुलाई गरेर देखाउनुपर्छ । मेरो भनाइ उहाँहरुले पनि यस्तो होइन यस्तो हो है भनेर गरेर देखाउनुपर्छ । चुप लागेर बसेर मात्रै हुँदैन । काम पनि गर्नुपर्छ । नयाँ कलाकारले विगारे भनेर मात्रै हुँदैन । यस्ता गीत पनि चल्छन् भनेर देखाउनुपर्छ । 

उहाँहरुका गीत किन कम सुनिन थाले ?
५० वर्षकी आमा र २० वर्षकी युवतीले सुन्ने गीत र मन पर्ने गीत एकै खालका हुँदैनन् । फरक उमेर अनुसार माग र स्वाद पनि फरक हुन्छ । ५० वर्ष अगाडिको समय र अहिलेको समयमा फेरबदल आइसकेको छ । मेरी छोरी र मैले सोच्ने तरिका फरक भइसकेको छ । मैले मेरी छोरीलाई तिमीले यही गर्नुपर्छ भनेर भन्न सक्तिन र भन्नुपनि हुँदैन । सबै समय अनुसार चल्नुपर्छ । ६० वर्षको जेष्ठ नागरिक र २० वर्षको किशोरले हेर्न र संसार फरक भइसकेको छ । 

दुई महिना अगाडि देखि नै तिज मनाउनु राम्रो हो कि नराम्रो ?
यो मलाई पनि राम्रो लाग्दैन । एक महिना अगाडिदेखी नै दर खाँदै हिड्नु विकृत नै हो । नीति नियम छैन जसले जे गरे पनि हुन्छ । 

यसमा तपाईं कलाकारहरुले पनि २ महिना अगाडि गीत निकालेर साथ दिइरहनु भएको छ हैन ?
एक्लैले गरेर नहुने रहेछ । अरुले जेठमा नै गीत निकाल्छन् मचाहिँ साउनमा निकाल्छु भनेर बसें भने म पछि पर्छु । १० जना चोर भएको ठाउँमा एक जना साधु भयो भने त्यो एक जना साधुलाई पनि चोर नै बनाउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC