site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निजामती सेवाको ढोका नथुन ! 

निजामती सेवा संसद्को चासोको विषय हो भने नागरिकको पनि चासोको विषय हो । लोकसेवा आयोगको ५६ औं प्रतिवेदन ( ५७ औं वेबसाइटमा भेटिएन) अनुसार १ लाख १७ हजार ४ सय ४९ ( संवैधानिक सेवा र न्यायसेवा समेत) सरकारी दरबन्दीमध्ये ८१ हजार ६ सय ४३ पद पूर्ति भएका र ३५ हजार ८ सय पद रिक्त रहेका छन् । साथै राज्यको पुनर्संरचनापछि स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले हजारौं संख्यामा कर्मचारी अपुग भएको बताइएको छ  । आव ०७०-७१ मा कुल ५ लाख ६० हजार ९१५ दर्खास्त लोकसेवालाई प्राप्त भएकोमा ४ हजार ६२१ जनाको सिफारिस भएको । आव ०७१-७२ मा कुल ५ लाख ९९ हजार ६६८ दर्खास्त परेकोमा ४ हजार ७६२ जना सिफारिस भएको लोकसेवा आयोगको ५६ औं प्रतिवेदनमा उल्लेख छ ।

अब २०७४ साउन ११ गते कान्तिपुर दैनिकमा प्रकाशित बेरोजगारीको तथ्यांक हेरौँ ।  नेपाली श्रम बजारमा प्रत्येक वर्ष ५ लाख १२ हजार नयाँ श्रम शक्ति प्रवेश गर्नेगर्छ । त्यसको ७५ प्रतिशत श्रम शक्ति खाडी मुलुक र मलेसिया पुग्छ । यसरी जाने युवा मासिक सरदर ३० हजार रुपियाँ कमाउने गरी जोखिम युक्त कामका लागि गएको देखिन्छ । आव ०७३-७४ मा मात्र ३ लाख ७३ हजार युवा श्रम स्वीकृति लिएर खाडी देश तथा मलेसिया गएका छन् । तिनमा १८ हजार महिला पनि छन् । राजनीतिक परिवर्तन र संविधान निर्माणपछि केही गर्न सकिन्छ कि भन्ने सोच बनाएर बिदामा आएका २ लाख ८४ हजार कामदार पनि  उपयुक्त अवस्थाको अभावमा पुन श्रम स्स्वीकृति लिएर उतै फर्किएको तथ्यांक छ  । तिनमा ७५ प्रतिशतबाहेकका २५ प्रतिशत ( करिब १२ लाख ८० हजार जना )मध्ये अन्य युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता मुलुकमा पुग्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बाँकी रहेका २५ प्रतिशतको झन्डै आधाको लोकसेवा आयोगमा दर्खास्त पर्नेगरेको छ । विगत केही वर्षको बढ्दो दर्खास्त संख्याले पनि लोकसेवाप्रतिको जनविश्वास उजागर गर्छ । साथै कति नेपालीले निजामती सेवालाई आफ्नो सपना बनाएका छन् भन्ने प्रस्ट हुन्छ । नयाँ भर्ना बन्दले त्यस्ता सपनाको हालत के होला ?  कुनै व्यक्तिको शरीरमा आन्तरिक गडबडी भई शल्यक्रिया गर्नुपरेमा वा उपचार गर्नुपरेमा उस्को श्वासप्रश्वास,  रक्तसञ्चार सबै बन्द गरी उपचार गर्नु कत्तिको जायज र सम्भव होला ?  कुनै उपाय नै नभएजस्तो गरी हजारौंको सपना पोल्ने काम गर्ने र हजारौंलाई खाडीको जहाज चडाउने प्रक्रियाको थालनी गर्ने यस्तो  उपाय नीति निर्मातालाई कसले सुझायो होला ?

यसरी श्रम बजारमा आउने बेरोजगार जनसंख्या र त्यसबाट सिर्जना हुने अनेकौं समस्याको जिम्मेवारी सरकारको होइन र ? सदैव संक्रमणकाल भनेर एउटा पुस्ताकै जीवन बर्बाद गर्न राजनीतिक दललाई कस्ले अधिकार दियो ?  आफ्ना सुविधाका लागि निमेष भरमै ऐन, कानुन, नियम बनाई कार्यान्वयनमा लाग्छन् तर  जनताका लागि रोजगारीको हक (नेपालको संविधानको धारा ३३) को चाँहि कार्यान्वयन गर्नु पर्दैन ? प्राथमिकता कस्ले पाउनुपर्ने हो ? लाखौंको हित वा केही दर्जन पहुँचवालाले ? फुर्सद छ भने एकपटक विमानस्थलमा सानो थोत्रो झोला बोकेर लामो लाइनमा ( विभेदस्वरूप निमुखाका लागि खडा गरिएको छुट्टै लाइन) भोलि के हुने हो भन्ने चिन्ता बोकेर उभिएका खाडी जाने युवाको अनुहार हेर ।  ठूला सपना,  सुनौलो भबिष्यको कल्पनामा विदेश उडेकाअरू गुट्मुटिएर आउने बाकस अनि परिणामस्वरूप छुट्ने बलिन्द्र धारा आँसुलाई छामी हेर ।

Global Ime bank

बाह्र कक्षा सकिएपछि नेपालमा भविष्य छैन भन्ने पूर्वजबाट पाएको गुरुमन्त्र जपेर बागबाजर र सहरका गल्लीमा खुलेका कन्सल्ट्यन्सी नामक दलालका ढोका चाहार्ने कलिला मस्तिस्कमा गरेको चाप हेर । यो तिमीहरूद्वारा नै लादिएको राजनीतिको उपज हो । यी कलीला बालबालिकाको आफ्नै देशमा बसेर आफ्नो सुनौलो भविष्यको सपना देख्ने अधिकार खोस्ने हक तिमीलाई कस्ले दियो ? घरको आर्थिक स्थितिले जागिर गर्ने आवश्यकता हुँदा पनि निजामती सेवा प्रवेशपछिको सहज अवस्थाको सपना आमालाई देखाएर चर्को ब्याजमा रिन लिएर पढ्न कस्सिएको युवाले लिएको रिनको ब्याजले तिमीलाई पोल्ला कि नपोल्ला ? बाच्नुको बाध्यताले बिदेसिएको पतिलाई १ -२ बर्ष दु:ख गर, म लोकसेवा तयारी गरी नाम निकल्छु अनी तिमी फर्किएर आई केही गरौला भनी सानो नानी काखीमा च्यापेर पढ्न कस्सिएकी नारीले दिएको सान्त्वनाको हालत के होला ? लोकसेवाद्वारा खुलाइने नयाँ भर्ना यस्ता हजारौंको सपना साकार पार्ने मध्यम बन्दै थियो तर त्यसमाथि पनि खेलवाड हुँदैछ । गण्यमान्य युवा नेता यसप्रति चु नबोलेको देख्दा अचम्म लाग्छ ।

राजनीतिक दलको आदेशमा टायर बाल्न निस्कने युवा संगठनहरूको यस्तो रबैया देख्दा ताजुब लाग्छ । हुन त, यस विषयमा कमिसन नआउने र आर्थिक फाइदा नहुने भएर पनि हुनसक्छ ।  संविधान कार्यन्वयनदेखि बेरोजगारी समस्याको केही हदसम्म समाधान गर्नुका साथै लोकसेवाप्रतिको जनविश्वास र अपेक्षा कायम राख्न पनि नयाँ भर्ना बन्द गर्नुभन्दा पहिले घोत्लिएर सोचिदिन विनम्र अनुरोध गर्छु  ।

शहिद लखन गाउपालिका ३, बनौती गोर्खा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC