site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पार्टी छाडेकालाई ‘घर फर्काउँदै’ एमाले, को–को फर्किंदैछन् ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । दोस्रो संविधानसभाको पूर्वसन्ध्यामा एमाले छाडेर बाहिरिनेहरूको लहरै चल्यो । विसं. २०६९ असोज १८ गते एमालेका तत्कालिन उपाध्यक्ष अशोक राईसहित ५ सय १७ जनाले पार्टी परित्याग गर्दै संघीय समाजवादी पार्टी गठन गरेका थिए । 

त्यस्तै विसं. २०६९ चैत ८ गते एमालेका मधेसका अर्का प्रभावशाली नेता रामचन्द्र झाले पार्टी परित्याग गरेको घोषणा गरे । त्यसबेला पार्टी अध्यक्ष रहेका झलनाथ खनाललाई जानकारी गराएर पार्टी छाडेको बताएका झाले ‘अर्को पार्टीमा जाने सोच नभएको’ भने पनि केही समयपछि माओवादी प्रवेश गरे । त्यसको दुई महिनापछि अर्थात् २०७० जेठ ४ गते एमालेकी अर्की प्रभावशाली नेतृ उर्मिला अर्यालले पार्टीलाई ‘बाइबाइ’ गरिन् र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका लगाइन् । 

उपाध्यक्ष राई, पोलिटव्युरो सदस्य विजय सुब्बा केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, वीरबहादुर लामा, अजम्वर काङवाङलगायत नेताले त्यतिबेला एमाले आदिबासी जनजातिको मुद्दाबाट ‘स्खलित’ भएको आरोप लगाएर पार्टी छाडेका थिए ।

Agni Group

झालाई एमालेले रघुविर महासेठ र शत्रुध्न महतोलाई अघि सारेर आफूलाई छायामा पार्न खोजेको दुःस्वप्नले लखेटेको थियो भने अर्यालले अखिल नेपाल महिला संघको अध्यक्ष बन्न नपाएको झोँक फेरेको एमाले नेताहरू बताउँछन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टीमा पछि पारेको अर्यालले आरोप लगाउने गर्थिन् ।

अर्यालले एमालेका केही नेतृ माओवादीमा प्रवेश गराउने तयारी गरे पनि सफल भने हुन सकिनन् । 

Global Ime bank

तर, दोस्रो संविधानसभाको निर्वाचन पश्चात भने एमालेमा ‘घर फर्कने’ अभियानै चलेको छ । ०७१ सालमा विजय सुब्बासहित संघीय समाजवादीका सचिव मीना गुरुङ, केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकी ‘पुरानै घर’ फर्किए । पछिल्लो समय रामचन्द्र झा पनि एमाले फर्कने अन्तिम तयारीमा लागेका छन् । 
उनीसहित दर्जनौं नेतालाई एमालेले ‘पुरानै घर’ फर्काउँदैछ । 

“उहाँले पार्टी फर्कनेबारेमा एक वर्षअघिदेखिनै कुराकानी गर्नुभएको हो, मसँग पनि यसविषयमा कुराकानी भइरहेको छ । उहाँले नयाँ शक्ति छाडिसक्नुभएको छ । एमालेका माथिल्लो तहका नेताहरूसँग कुराकानी पनि भइरहेको छ,” झाको पार्टी प्रवेशबारे एमाले संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य सचिव पृथ्वीसुब्बा गुरूङले बाह्रखरीसँग कुरा गर्दै भने ।

उनले छिट्टै झा एमाले प्रवेश गर्ने र उनलाई कुन पद दिने भन्ने विषयमा पार्टीमा कुराकानी भइरहेको जानकारी दिए ।

मधेस मुद्दामा एमाले प्रष्ट हुनुपर्छ

नयाँ शक्तिमा निष्कृय रहने, बस्ने या नबस्ने भन्नेमा आफू द्विविधाग्रस्त भए पनि एमाले प्रवेश गर्ने निष्कर्षमा भने आफू पुगिनसकेको उनको रामचन्द्र झा बताउँछन् । 

“पार्टी प्रवेश गर्ने विषयमा कुराकानी भए पनि ठोस निष्कर्ष आइसकेको छैन,” उनले भने । पदको विषयमा भन्दा पनि मुद्दामै कुरा नमिलेका पार्टी प्रवेशमा ढिलाइ भइरहेको उनको भनाइ थियो । “पद त हिजो पनि पाएकै थिएँ, मेरो असन्तुष्टि मुद्दामा हो । मधेसमा उठिरहेका सवालका बारेमा एमाले जनतालाई चित्त बुझाउनु पर्छ । एमालेकै कारणले मधेस समस्याग्रस्त बन्नुहुँदैन । आदि विषयमा छलफल भइरहेको छ,” उनले थपे ।

आन्दोलनरत पक्ष, सरकार र एमालेसहितको सर्वपक्षीय सहमतिका आधारमा मधेसका समस्या किनारा लगाउनुपर्ने उनको राय छ ।

किन फर्कंदैछन् एमालेमा ?
 

मुलतः दोस्रो संविधानसभाको निर्वाचन पछि एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बन्यो । एमालेको खुम्चँदो आयातनबाट अताल्लिएर एमाले छाडेकाहरूले पछुताउने गरी पार्टीले आकर्षण विस्तार गरेको नेताहरूको बुझाइ छ । “पछिल्ला दुई निर्वाचनमा एमाले छाडेर जानेहरूले आफू बाहिरिएको औचित्य पुष्टि गर्न सकेनन्,” गुरुङ प्रष्ट्याउँछन्, “एमालेलाई जुन आरोप लगाएर उहाँहरू बाहिरिनुभएको थियो जनमतमार्फत त्यो पुष्टि गर्न सक्नुभएन ।”

उनले पहिचानको आन्दोलन कमजोर भएकाले पनि एमाले फर्कने लहर चलेको बताए । “उहाँहरूले उठाउनुभएका कतिपय विषय संविधानमै सम्बोधन भइसक्यो । नमिलेका विषय मिलाउने अवस्था छँदैछ, त्यसकारण पनि उहाँहरू फर्कन थाल्नुभएको हो,” उनले भने ।

पार्टी छाडेर जानेहरूलाई पहिचानको मुद्दा सेलाइसकेको उनले जिकिर गरे । “पहिचानको मुद्दा लुतोजस्तो भयो । हिजो कन्याउँदा त मजा नै आयो, आज चह¥याउन थालेको छ उहाँहरूलाई,” उनले व्यंग्य गरे ।

उनले पहिचान ढोँग भएकाले भ्रमको तुवाँलो फाटेपछि परिस्थिति छर्लंग भएकोसमेत बताए ।

घर फर्कन भन्यौँ तर प्रयत्न गरेनौँ

उनले एक वर्ष अघि नै पार्टी छाडेका, तटस्थ बसेकाहरूलाई पुरानै घर फर्कन आह्वान गरे पनि एमालेले प्रयत्न नगरेको जिकिर गरे । “राष्ट्रियताको मुद्दा पेचिलो बन्यो । नाकाबन्दीको विषय थियो । पार्टीका अरु गतिविधि थिए । त्यसैले पार्टी प्रवेशलाई खासै महत्त्व दिएनौँ,” उनले भने । “हात धोएर लागेको भए, सानातिना पार्टीहरूको कार्यालय नै बन्द हुन्थ्यो । अशोक राईहरूको पार्टी रित्तिन्थ्यो नै,” उनले जिकिर गरे ।

व्यवस्थापन चुनौतीपूर्ण
पछिल्लो समय राजपाको कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गरिसकेका छन् । 

केही समयअघि पार्टी प्रवेश गरेका बसरूद्दिन अन्सारीलाई वीरगञ्ज महानगरपालिकाको मेयरको उमेदवार बनाउने एमालेले तयारी गरेको छ भने मुन्नीलाल साह लाहानको मेयरमा प्रस्तावित भएका छन् । 

राजविराजका सुखीराम यादव पनि भर्खरै एमालेमा भित्रिएका छन् । त्यस्तै कलाकार रमेशरञ्जन झा पनि एमालेमा आएका छन् । बिहीबार पनि तराईका पुराना बामपन्थी नेकपा चौमका नेता सूर्यनारायण यादवका छोरा प्रमोद नारायण यादवलगायत चार दर्जन मानिस एमाले प्रवेश गर्न लागेका छन् । 

गत २० गतेमात्रै जनकपुरमा दुई सय व्यक्ति पार्टी प्रवेश गरेको गुरुङ बताउँछन् ।

दिन प्रतिदिन एमाले प्रवेश गर्नेहरूको लहर बढिरहँदा पार्टीलाई कार्यकर्ता व्यवस्थापन गर्न चुनौतीपूर्ण भएको उनको ठहर छ । 

भन्छन्, “हामी आउनेवित्तिकै कसैलाई पनि जिम्मेवारी दिँदैनौँ । मन्त्रि सांसद् दिउँला भनेर पार्टीमा ल्याएका पनि छैनौँ, औचित्यका आधारमा जिम्मेवारी दिइन्छ । परीक्षणमै सीमित गर्नेगरी ढोका पनि बन्द गरेका छैनौँ ।”

उनले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएकाले सबैमा भ्रम हटेको भन्दै पार्टी फर्कने क्रम अझ बढेर जाने विचार व्यक्त गरे । 

“हिजो पो माओवादी र हामीबीच कार्यनीतिक भिन्नता थियो । आन्दोलन, पार्टी संगठनको स्वरूप र क्रान्तिको रूपमा भिन्नता थियो । आज केही भिन्नता । उनीहरूले पनि फरक पुष्टि गर्न सकेका छैनन्,” उनले भने, “त्यसकारण कम्युनिष्ट आन्दोलनमा एमाले निर्विकल्प शक्ति बनिसकेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC