site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मानव तस्करलाई ठूलो आर्थिक लाभ हुने कारण नेपालबाट घरेलु कामदार खाडी मुलुकमा तस्करी भइरहेको छ । रोजगारीमा जान चाहने नेपाली महिलालाई खाडी मुलुक पुर्याएर त्यहाँ नागरिकलाई बिक्री गर्दा नेपाल र खाडी मुलुक दुवैतर्फका मानव तस्कारलाई ठूलो आर्थिक लाभ हुनाले कामदार तस्करी व्यापक भइरहेको छ एउटा अध्ययन प्रतिवेदनले देखाएको छ । 
व्यवस्थापिका–संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण भ्रमण उपसमितिको प्रतिवेदनले यस्तो भयावह स्थिति दर्शाएको छ । 
तस्करले ठूलो आर्थिक लाभ प्राप्त गर्ने भएपछि यसैको प्रभावस्वरुप नेपालका गाउँगाउँसम्म नेपाली मानव तस्कर पुग्ने गरेका छन् । उनीहरूले सोझा सिधा नेपाली महिलालाई राम्रो काम र मनग्गे कमाइ हुने आश्वासन दिएर भिजिट भिसा वा सेटिङमा तेस्रो मुलुकको बाटो हुँदै संयुक्त अरब इमिरेट्स, कुवेत पुर्याउने र त्यहाँबाट खाडीका अन्य मुलुकमा सप्लाई गर्ने गरेका छन् ।
नेपाली मानव तस्करले  संयुक्त अरब इमिरेट्सको अजमान र कुवेतको सिटीमा नेपाली घरेलु कामदार आपूर्ति गर्ने कार्यालय नै खोलेर खसी बोका बिक्री गरेझैँ छानीछानी घरेलु कामदार बिक्री गर्ने गरेको नेपाली दूतावासका पदाधिकारी र नेपाली प्रतिनिधिलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खुलेयाम नेपाली महिलाको खरिद बिक्री भइरहँदा पनि त्यस्ता मानव तस्कारलाई ‘डिपोर्ट’ गरी कानुनी कारबाही गर्न नेपाल सरकारको तर्फबाट पहल भएको छैन । त्यस्ता मानव तस्कर नेपालकै उच्च राजनीतिक तहबाटै संरक्षित भएको हुनसक्ने भएकाले कुनै पहल नभएको प्रतिवेदनमा भनिएको छ ।
बेचिएका नेपाली कामदारको अवस्था अत्यन्तै दर्दनाक भेटिएको छ । अवैध ढंगबाट खाडी मुलुक पुर्याएकालाई एउटा खाडी मुलुकबाट अर्को खाडी मुलुकमै स्थलगत मार्गबाट गाडीको डिकीमा समेत राखेर ओसारपसार गर्ने भएकाले कामदारको पहिचान हुन नसकेको र यकिन तथ्यांक फेला नपरेको बताइएको छ । 
खाडी मुलुकमा अवैध ढंगले पुर्याइएका नेपाली घरेलु कामदार ६० प्रशित नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्याइएको छ । यस्तो धन्दामा विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी र विचौलियाको प्रत्यक्ष संलग्नता रहेको छ ।
बाँकी ४० प्रतिशत भने भारतका विभिन्न शहर र श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी पुर्याएर बेच्ने गरिएको छ ।
प्रतिवेदनमा उपसमितिले उच्च राजनीतिक तह तथा नेपाल सरकारका सम्बन्धित निकायको दृढ इच्छाशक्तिबिना नेपालबाट खाडी मुलुकमा भइरहेको भयावह मानव तस्करी र बेचविखन रोक्न सम्भव नदेखिएको उल्लेख गरेको छ । 
संसदीय समितिले प्रभु साहको नेतृत्वमा अशोक कुमार मण्डल, प्रेम साह तेली, विनोद श्रेष्ठ, राधादेवी तिमिल्सिना, राज्यलक्ष्मी श्रेष्ठ रहेका उपसमिति गठन गरेको थियो ।

   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC