site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१ हजार ४७७ रेड कार्ड, २५ हजार ७६९ गोल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्व खेलकुदमा सबैभन्दा लोकप्रिय खेल फुटबल हो । विश्व फुटबलमा वार्षिक धेरै किसिमका प्रतियोगिताहरु आयोजना हुन्छन् । ती प्रतियोगिताहरुमध्ये युरोपियन राष्ट्रमा आयोजना हुने शीर्ष डिभिजनको फुटबल लिग आम फुटबल प्रेमीहरुको आकर्षणको विषय बन्छ ।

युरोपियन क्षेत्रहरुमा इंग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए, फ्रेन्च लिग वान, जर्मन बुन्डेस लिगा जस्ता विश्वको ध्यान आकर्षण गर्ने लिगहरु आयोजना हुन्छ । 

युरोपियन क्षेत्रमा आयोजना हुने ती लिगमध्ये पनि सबैभन्दा लोकप्रिय लिग बेलायतको उच्च श्रेणीको फुटबल लिग ‘इंग्लिश प्रिमियर लिग’ पर्छ ।  र, त्यही लिगले यही सिजनबाट २५ औं वर्ष अर्थात रजत जयन्ती पार गर्दैछ ।

Agni Group

सन् १९९२ मा सुरु भएको इंग्लिश प्रिमियर लिग फुटबलमा २० क्लबले प्रतिस्पर्धा गर्छन् । प्रिमियर लिगको सर्वाधिक उपाधि जित्ने टिम म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले हालसम्म १३ पटक उपाधि जितेको छ । 

यसै सिजनबाट प्रिमियर लिगले रजत जयन्तीसम्मको यात्रामा धेरै आरोह, अवरोह पार गरेको छ । प्रिमियर लिगले विश्व फुटबलमा चर्चित खेलाडीहरु उत्पादन गर्यो । अहिले विश्व फुटबलमा चर्चित रहेका खेलाडीहरु अधिकांशले प्रिमियर लिगबाट फुटबल सुरु गरेको इतिहास छ  । प्रिमियर लिग खेल्न विश्वको धेरै देशका खेलाडीहरु लालायित हुन्छन् ।  

Global Ime bank

यसबीचमा विश्व फुटबलमा धेरै परिवर्तनहरु भए । धेरै कीर्तिमानहरु बनेको छ । पछिल्लो सिजन सन् २०१६–१७ को सिजनसम्म इंग्लिश प्रिमियर लिगमा के के भयो । त्यसबारे बेलायती समाचार संस्था बीबीसीले एक रिपोर्ट बनाएको छ ।

विदेशी खेलाडीमा वृद्धि 

कुनै पनि राष्ट्रको लिग भनेको त्यो राष्ट्रको फुटबल गतिविधि कायम राख्न र उत्कृष्ट खेलाडीहरु उत्पादन गर्नु हुन्छ  । तर पछिल्लो समय इंग्लिश प्रिमियर लिगमा विदेशी खेलाडीहरुको संख्यामा वृद्धि भएको पाइएको छ ।

प्रिमियर लिग सुरु भएयता सन् २०१६–१७ को सिजनसम्म ३  हजार ८३५ खेलाडीले खेलेका छन् । जसमा अफ्रिकाको सानो राष्ट्र सिसिएल्सदेखि एसियाली राष्ट्र पाकिस्तानसम्मका कुल ११३ देशका खेलाडीले प्रिमियर लिग खेलिसकेका छन् । 

सन् १९९२ को सिजनमा सुरुवाती ११ खेल खेलेका २४२ खेलाडीमध्ये १३ जना मात्रै बेलायत वा आइरल्याण्ड भन्दा बाहिरका थिए । तर, पछिल्लो समय प्रिमियर लिगमा विदेशी खेलाडीको संलग्नता बढ्दै गएको छ । गत सिजन अन्तिम १० खेलमा सहभागी भएको २२० खेलाडी मध्ये ११२ जना बेलायत वा आयरल्याण्ड भन्दा बाहिरका थिए ।

यस्तै सन् १९९९ को सिजन चेल्सीले सबै खेलाडी विदेशी खेलाएर कीर्तिमान नै बनाएको थियो । उक्त सिजनको डिसेम्बर २६ मा साउथह्याप्टनसँगको खेलमा चेल्सीले सबै खेलाडी बेलायत बाहिरका खेलाएर कीर्तिमान बनाएको थियो ।

\"\"

९ हजार बढी खेल, हजार बढी रातो कार्ड 
 

इंग्लिश प्रिमियर लिगको २५ वर्षको अवधिमा ९ हजार ७४६ खेल भएका छन् । जसमा हालसम्म ४७ क्लबले खेलेका छन् ।

प्रिमियर लिगमा हालसम्म १ हजार ४७७ रेड कार्ड प्रयोग भएको छ । प्रत्येक सिजन ५९.०८ को औषतमा खेलाडीले रातो कार्ड पाएका छन् । धेरै रेड कार्ड खाने क्लब एभर्टन हो भने हल सिटी दोस्रो स्थानमा आउँछ ।

२५ वर्षे इतिहासमा दुई खेलाडीले सर्वाधिक पटक रेड कार्ड पाएको कीर्तिमान छ । स्कटल्याण्डका पूर्व खेलाडी डकुन फर्गुसन र सेनेगलका पुर्व खेलाडी प्याट्रिक भिएराले उक्त रेकर्ड बनाएका छन् ।

दुवै खेलाडीले प्रिमियर लिगको इतिहासमा समान ८–८ पटक रेड कार्ड पाएका छन् । एभर्टनका पूर्व स्ट्राइकर समेत रहेका फर्गुसनले २६९ खेलमा ८ रातो कार्ड पाएका हुन् भने आर्सनल र म्यानचेस्टर सिटीबाट खेल्दै तीन पटक प्रिमियर लिग जितेका भिएराले ३०७ खेलमा ८ रातो कार्ड पाएका हुन् ।

२५ वर्षमा २५ हजार बढी गोल 
 

इंग्लिश प्रिमियर लिग फुटबलमा हरेक सिजन वार्षिक हजार भन्दा बढीको दरले गोल भयो । जसको फलस्वरूप हालसम्म प्रिमियर लिगमा २५ हजार ७६९ गोल भएको छ । जसमा सर्वाधिक गोल गर्ने क्लब म्यानचेस्टर युनाइटेड हो । युनाइटेडपछि आर्सनल दोस्रो नम्बरमा आउँछ ।

यस्तै प्रिमियर लिगको २५ वर्षे इतिहासमा एक सिजन १ सय भन्दा बढी गोल गर्ने क्लब ३ वटा मात्र रहेको छ । चेल्सीले २००९ – १०, म्यानचेस्टर सिटी र लिभरपुलले २०१३ – १४ को सिजन १ सय बढी गोल गरेको थियो ।

प्रिमियर लिगमा सर्वाधिक धेरै गोल गर्ने खेलाडी इंग्ल्यान्डका पूर्व खेलाडी एलेन शेरर हुन् । उनले ब्लाकबर्न र न्युक्यासल युनाइटेडबाट खेल्दै २६० गोल गरेका थिए ।

यस्तै दोस्रो नम्बरमा अर्का इंग्लिश खेलाडी वाइन रुनी हुन् । रुनले म्यानचेस्टर युनाइटेड र एभर्टनबाट खेल्दै १९८ गोल गरिसकेका छन् ।

यस्तै एकै सिजन ३० भन्दा बढी गोल गर्ने खेलाडीमा क्रिष्टियानो रोनाल्डो, रोबिन भान पर्सी, लुइस स्वारेज, थिएरी हेनरी, केभिन फिलिप्स, एन्डी कोर र एलेन शेरर हुन् ।

\"\"

सर्वाधिक खेल खेल्ने खेलाडी 

इंग्लिश प्रिमियर लिग फुटबल २५ वर्षे इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रायन गिग्स हुन् । वेल्सका पूर्व खेलाडी गिग्सले ६३२ खेल खेल्दै सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । गिग्स म्यानचेस्टर युनाइटेडले १३ पटक प्रिमियर लिग जित्दा टिममा रहेका थिए ।

यस्तै दोस्रो नम्बरमा इंग्ल्यान्डका पूर्व खेलाडी ग्यारेथ बेरीको नाममा छ । एस्टन भिल्ला, म्यानचेस्टर सिटी र एभर्टनबाट खेलेका बेरीले ६२८ खेल खेलेका थिए ।

६०९ खेल खेलेका इंग्ल्यान्डकै पूर्व खेलाडी फ्रान्क लाम्पार्ड तेस्रो स्थानमा पर्छन । लाम्पार्डले वेष्ट ह्याम युनाइटेड, चेल्सी र म्यानचेस्टर सिटीबाट खेल्दै उक्त रेकर्ड बनाएका हुन् ।

धेरै उमेरका खेलाडी 
 

इंग्लिश प्रिमियर लिगको २५ वर्षे इतिहासमा सर्वाधिक बढी उमेरका खेलाडीको कीर्तिमान इंग्ल्यान्डका पूर्व गोलरक्षक जोन बुर्रीडेजको नाममा रहेको छ । 

जोनले  ३० वर्षे फुटबल करियरमा विभिन्न २९ क्लबबाट फुटबल खेले । तर जोनले म्यानचेस्टर सिटीबाट ४३ वर्षको उमेरमा मैदान उत्रेको रेकर्ड कसैले तोड्न सकेको छैन । सन् १९९५ को मे १४ मा क्युपिआरविरुद्ध मैदान उत्रदा जोन प्रिमियर लिगमा सर्वाधिक बढी उमेरका खेलाडी बने । उनको रेकर्ड अहिलेसम्म कसैले तोडेको छैनन् ।

\"\"

सफल र सर्वाधिक बढी ट्रफी जित्ने प्रशिक्षक 
 

इंग्लिश प्रिमियर लिगको २५ वर्षे इतिहासमा सबैभन्दा सफल प्रशिक्षक म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फोर्गुसन हुन् ।  फोर्गुसनले युनाइटेडका लागि १३ पटक उपाधि दिलाएर सर्वाधिक बढी उपाधि जित्ने प्रशिक्षक बनेका हुन् । फोर्गुसनले प्रिमियर लिगको पहिलो सिजन नै युनाइटेडलाई च्याम्पियन बनाएका थिए ।

प्रिमियर लिगको २५ उपाधिमध्ये दोस्रो सर्वाधिक उपाधि दिलाउने प्रशिक्षक आर्सनलका प्रशिक्षक आर्सेन विन्गर र हाल युनाइटेडका प्रशिक्षक रहेका जोसे मोरिन्हो हुन् ।

विन्गरले आर्सनल  र मोरिन्होले चेल्सीका लागि समान ३ – ३ पटक उपाधि दिलाएका छन् ।

दर्शकको अवस्था निराशाजनक 
 

प्रिमियर लिग विश्वमा चर्चित छ । तर बीबीसीले निकालेको २५ औँ वर्षको आँकडामा दर्शकको संख्या निराशाजनक रहेको लेखेको छ । प्रिमियर लिगको ९ हजार ७४६ खेलमा ३३१ मिलियन दर्शकले खेल हेरेका छन् । 

प्रिमियर लिगको पहिलो सिजन १९९२ को अगस्ट १५ मा कोभेन्ट्रि सिटी र मिडल्सब्रो बीचको खेल १२ हजार ६८१ दर्शकले रंगाशालाबाट हेरेका थिए  । त्यसको दाजोमा औषत हेर्दा पनि अहिलेको दर्शक सोचेभन्दा कम रहेको बीबीसीको भनाई छ ।

प्रिमियर लिगमा दर्शक कम हुनुको कारण घरेलु टिमको रंगाशाला दर्शक क्षमता कम हुनु पनि एक रहेको  बताइएको छ ।  प्रिमियर लिग क्लबको औसतमा म्यानचेस्टर युनाइटेडको दर्शक बढी रहेको छ । यस्तै आर्सनल, म्यानचेस्टर सिटी, लिभरपुल र वेष्ट ह्याम युनाइटेडको पनि औषतमा समर्थकहरु बढी रहेका छन् ।
बीबीसीबाट साभार 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC