site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु  
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो ।

शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी शीर्ष ५ मा पर्ने इन्नोभेटिभ प्रडक्टहरुमा बिग फुट, एभ्रेष्ट कास्ट, गुनासो, नेपाल भिआर र परी रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप र प्रडक्टका लागि शुक्रबारदेखि अनलाइन र एसएमएस भोटिङ सुरु भएको छ । स्टार्टअप कम्पनी र इन्नोभेटिभ प्रडक्टका लागि आइसिटी अवार्डको आधिकारिक वेबसाइट www.ictawardnepal.com मा लगइन गरेर आफूलाई मन परेको कम्पनी वा प्रडक्टकालाई अनलाइन भोट गर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि आफूलाई मन परेको स्टार्टअप र प्रडक्टलाई भोट दिन सकिन्छ । अनलाइन र एसएमएस भोटिङको समयावधि एक साताका लागि खुला गरिएको छ । थप जाकारीका लागि आइसिटी अवार्डको एन्ड्रोइड मोबाइल एप्लिकेशन पनि प्रयोग गर्न सकिन्छ । 

Global Ime bank

आइसिटेक मिडियाको आयोजनामा हुने सो अवार्ड वितरण समारोहमा दुवै विधाअन्तर्गत शीर्ष ३ मा पर्ने टिम र प्रडक्टलाई आइसिटी अवार्ड प्रदान गरिनेछ । सोही अवसरमा आइसिटी पायोनियर्स अवार्ड र आइसिटी डायस्पोरा अवार्डबाट एक÷एक जनालाई सम्मान गरिने आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । 

असारको तेस्रो साता खुलाइएको अनलाइन रजिस्ट्रेशनमा ४३ स्टार्टअप कम्पनी र ५२ आइसिटी प्रडक्टले आवेदन दिएका थिए । ‘अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसर’ भन्ने नारासहित आइसिटी उद्योगमा समर्पित यस अवार्ड आगामी भदौ १ मा हुने छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC