site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
मोबाइल एपमार्फत् किताब छाप्न र बेच्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । अध्ययन, अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तकाकर दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ। नेपाली साहित्य र पाठकको विश्वव्यापी संजाल निर्माण गरिरहेको मोबाइल एप  ‘किताब क्लब’ले सर्जकहरूको सृजनालाई बजारिकरण गर्न सघाउने भएपछि पुस्तक लेखकहरूलाई आफ्नो सृजना पाठकसम्म पुरयाउन र त्यसबाट आर्थिक लाभ लिन सजिलो हुने भएको हो। 

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवाहरूको समूहले तयार पारेको किताब छाप्ने, बेच्ने अनि पढ्ने ‘प्लेटफर्म एप’ले अब किताबको अंग पुगेका सृजनाहरूलाई सर्जकबाट सिधै पाठकमा पुर्याउनुका साथै नेपाली साहित्य र पुस्तक बजारलाई अन्तर्राष्ट्रियकरण गर्न लेखकहरूलाई सघाउने छ। 

Prabhu Bank
Agni Group
NIC Asia

यो एपमार्फत किताब बिक्रीबाट उठेको रकम केही प्राविधिक खर्च कटाएर सबै लेखकको हातमा पुग्नेछ। यसबारेमा लेखकसँग विस्तृतमा सेवा, सर्त सम्बन्धी सम्झौता हुने अमृत तिवारीले बताए। तिवारीका अनुसार यसखालको प्रकाशनका लागि एपका एडमिनिस्ट्रेटर तथा प्रोग्रामर मदनमणि अधिकारीसहितको टीम नै समर्पित भएर लागिरहेको छ। लेखकहरूमा हुने पाईरेसी वा प्रतिलिपी अधिकार सम्बन्धी चासोलाई सम्बोधन गर्न यापले किताबहरू ‘कपी’ नहुने प्रविधी अपनाएको छ।

विश्वका फरक फरक देशमा बस्ने नेपालीले एकै समयमा ‘रिलिज’ भएका किताबहरू पढ्न सकुन् भन्ने हिसाबमा सुरू गरिएको एपले पुस्तक प्रकाशक तथा लेखकको प्रतिलिपि अधिकार साथै कन्टेन्टको सुरक्षाका लागि सर्वस्वीकार्य प्रविधी र शैली प्रयोग गरेको अधिकारीले बताए। 

Global Ime bank

 ‘किताब क्लब’ एप अहिले एण्ड्रोइड र आईओएस दुवै खालको अपरेटिङ सिस्टम भएका मोबाईल तथा ट्याब्लेटका लागि उपलब्ध छ । एपमा  खाता खोलेर पाठकले एण्ड्रोइड मोबाईलमा एडोब डिजिटल एडिसन र आईफोनमा ब्लुफायर रिडर मार्फत नेपाली किताबहरू अफलाईनमा पनि पढ्न सक्छन्। एपमार्फत किनिने किताबहरूको मूल्य पनि नेपाली पाठक र उनीहरू बसेको ठाउँ हेरेर सस्तो रहेको किताब क्लबको दाबी छ।  

केही साहित्य र राजनीतिका पुस्तक निःशुल्क अध्ययनका लागि समेत उपलब्ध छन्। 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC