site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

महोत्तरी। प्राथमिक स्वास्थ्य केन्द्र सम्सी, महोत्तरीको प्राङ्गणमा लाखौँ मूल्य पर्ने दुईवटा एम्बुलेन्स राखिएका छन् तर व्यवस्थापन अभावमा ती एम्बुलेन्स कवाडमा परिणत भएका छन् । सम्सी अस्पतालका दुई एम्बुलेन्स सेवा सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् । 

सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा २०६५ सालमा युएनएफडिपिएबाट ज १ झ ३५९ नंको एम्बुलेन्स प्राप्त भएको थियो तर उचित व्यवस्थापन हुन नसक्दा तीनवर्ष नबित्दै अस्पतालको कुनामा थन्कियो । युएनएफडिपिएबाट प्राप्त सुविधासम्पन्न एम्बुलेन्स अस्पतालमा थन्किएपछि भारत सरकारको सहयोगमा २०६८ सालमा सम्सी अस्पतालमा ज १ च ६२६ नंको एम्बुलेन्स अनुदानमा आएको थियो । भारत सरकारको सहयोगमा सम्सी अस्पतालमा आएको एम्बुलेन्स पनि धेरै दिन चल्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालको कुनामा थन्केको युएनएफडिपिएबाट प्राप्त एम्बुलेन्ससँगै भारतको सहयोगमा उपलब्ध एम्बुलेन्स पनि थन्कियो । लामो समयसम्म मर्मत नभएर अस्पतालमा थन्केका लाखौँ मूल्यका दुवै एम्बुलेन्स कवाडीमा परिणत भएको हो । सम्सी स्वास्थ्य केन्द्रमा रहेका दुईवटा एम्बुलेन्स मर्मतको अभावमा कवाडी अवस्थामा परिसरको कुनामा अलपत्र परेपछि स्थानीयवासी मारमा परेका छन् । 

लाखौँ मूल्यको एम्बुलेन्स हजार दुई हजार खर्चको अभावमा मर्मत हुन नसक्दा कवाडीमा परिणत भएको अस्पतालका इन्चार्ज शिवकैलाश साहले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालयमा एम्बुलेन्स विषयमा जानकारी गराउँदा कुनै चासो नदिएको अस्पतालका इन्चार्ज साहले बताए । एम्बुलेन्स अभावमा इमरजेन्सी भएका बिरामीले गाउँबाट आफैँले ल्याएको जीपमार्फत उपचारका लागि बाहिर लाने गरेको इन्चार्ज साहले बताए । 

Global Ime bank

यता प्राथामिक स्वास्थ्य केन्द्र सम्सीको अस्पताल विकास समितिको लापरबाहीका कारण एम्बुलेन्स अस्पतालमा अलपत्र परेको जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद यादवले बताए । अस्पताल विकास समितिलाई एम्बुलेन्स विषयमा जवाफ माग्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक महिनाअघि पत्र पठाएपनि जवाफ नआएको प्रमुख यादवले बताए । 

जिल्लामा ४ वर्षदेखि एम्बुलेन्स सञ्चालन समितिको बैठक नहुँदा राजनीतिक पहुँचको अधारमा एम्बुलेन्स अनुदानमा लिएर कतै अलपत्र, कतै दुरुपयोग हुने गरेको प्रमुख यादवले बताए। बिरामी उपचारका लागि २०५५ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र, सम्सी पछिल्लो समयमा आएर कुशल व्यवस्थापकको अभावका कारण लथालिङ्ग बन्दै गएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC