site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
वैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स वृद्धिदर घटिरहेको चिन्ता व्यक्त गरिरहँदा वैदेशिक रोजगार विभागको तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च देखाएको छ । 

सरकारले मलेसियालगायत खाडी मुलुकमा जाने कामदारका लागि फ्रिभिसा फ्रिटिकट (शून्य लागत) को व्यवस्था गरेपछि उल्लेखीय मात्रामा म्यानपावर एजेन्सीले कामदार पठाउन नसकेको र कामदारको संख्या दिनानु दिन घट्दै गएको यस अघिको रिपोर्ट थियो । तर वार्षिक विश्लेषण हेर्ने हो भने  वैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च देखिएको छ । 
विभागको मासिक प्रगति विवरण हेर्दा ०७४ वैशाख महिनामा संस्थागत तर्फ २९ हजार ९ सय ४३ र कोरिया ८६६ गरी जम्मा ३० हजार ८ सय ९ र व्यक्तिगततर्फ २३ हजार ५ सय २८ जनाले अन्तिम स्वीकृति लिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

असारसम्म आउँदा यो तथ्यांक घटेर संस्थागततर्फ २२ हजार ३ सय १९ र कोरिया १ हजार ६०६ गरी जम्मा  २३ हजार ९ सय २५ र व्यक्तिगततर्फ १६ हजार ५ सय ५९ ले अन्तिम स्वीकृति लिएका थिए । 

यो तथ्यांकको विश्लेषण गर्दा वैसाख महिनामा विदेश जानेको संख्या ५४ हजार ३ सय ३७ थियो भने असारसम्म आइपुग्दा यो संख्या घटेर ४० हजार ४ सय ४८ मा झरेको छ । 
आर्थिक वर्ष ०७२/७३ मा झण्डै १ लाखले घटेको विदेशिनेको संख्या फ्रिभिसा फ्रिटिकट लागु भएको दोस्रो वर्ष अर्थात् आव ०७३÷७४ मा ६ लाख ५८ हजार पुगेको छ । यो हालसम्मकै उच्च तथ्यांक हो ।

Global Ime bank

यो तथ्यांकले विदेशप्रति नेपाली कामदारको मोह नघटेको पुष्टि गर्छ । बरु नेपाली श्रमिक विदेश जाने लागतभन्दा रोजगारीको प्रत्याभूति चाहन्छन् भन्ने स्पष्ट हुन्छ । 

आर्थिक वर्ष ०७०/७१ मा ५ लाख २७ हजार वैदेशिक रोजगारीमा गएकामा आव ०७१/७२ मा ५ लाख १२ हजार रोजगारीमा विदेशिएका थिए । आव ०७२/७३ मा यो संख्या घटेर ४ लाख १८ हजारले मात्र अन्तिम श्रम स्विकृति लिएका थिए ।

आव ०७३/०७४ मा ६ लाख ५८ हजारले अन्तिम श्रमस्विकृति लिएका छन् । यसलाई हेर्दा गत आवमा भन्दा यस आवमा विदेश जानेको संख्या २ लाखले वृद्धि भएको छ । 

वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकृत मोहन अधिकारीले विदेशिने युवाको संख्या हालसम्मकै उच्च रहेको जानकारी दिए । “तथ्यांकमा विदेश जानेको संख्या बढेको छ ।” अधिकारीले भने, “विदेश गएर आएका कामदारहरूको रिइन्ट्रीका कारण तथ्यांक बढेको देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC