site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चिनियाँ सेना पहाडजस्तै दृढ रहेको चीनका रक्षा प्रवक्ताको भनाइ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनले भारतीय सीमा नजिकैको तिब्बती भूभागमा योभन्दा धेरै सेना तैनाथ गर्ने र आफ्नो सम्प्रभुताको रक्षाका लागि हरसम्भव उपाय अपनाउने बताएको छ । 

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले सोमबार आयोजित एउटा पत्रकार सम्मेलनमा भने, ‘‘दुवै पक्षले स्वीकार गरेको सीमामा भारतले चौकी नाघेर अघि बढ्नु चिनियाँ भूभागको अतिक्रमण त हो नै, अन्तर्राष्ट्रिय नियमको समेत उल्लंघन हो ।...भारत भ्रममा नपरोस् कि उसको स्थिति प्रबल छ । पिपुल्स लिबरेसन आर्मीको ९० वर्षको इतिहासले के कुरा सिद्ध गरेको छ भने चीनको संप्रभुता र आफ्नो सीमाको रक्षा गर्न यो प्रतिबद्ध छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ताले चिनियाँ सैनिक अत्यन्त दृढ रहेको दाबी गर्दै यसलाई डग्मगाउन हाल्नु भनेको पहाड हल्लाउनुजस्तै कठिन रहेको पत्रकार सम्मेलनमा बताए । यद्यपि प्रवक्ताले विवादित क्षेत्रमा चिनियाँ सेनाको तैनाथी र प्रशिक्षणका बारेमा अधिक जानकारी दिएनन् । 

भारत र चीनबीच सिक्किम नजिकैको दोक्लाममा चिनियाँ सेनाले सडक निर्माण गर्न सुरु गरेपछि विवाद उत्पन्न भएको छ । दोक्लाम चीन, भारत र भूटानको त्रिदेशीय सीमाक्षेत्र हो । चीनले यहाँ सडक निर्माण गर्यो भने कालान्तरमा आफ्नो प्रभावक्षेत्रबाट भूटान टाढिने र चीनको सामरिक क्षमता सुदृढ हुने भारतको आशंका छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७४  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC