site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
भिजिट भिसामा दुबई पुगेका १९ नेपाली अलपत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । युएईको राजधानी आबुधाबीबाट झण्डै २० किलोमिटर टाढा मुसफाको वर्कर भिलेज नजिक १९ जना नेपालीहरू अलपत्र परेका छन् । 
नेपालबाट मानव तस्कर र दलालले काम लगाइदिने आश्वासनमा प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ३ लाख ८० हजार रुपैयाँसम्म लिएर काठमाडौंको एअरपोर्टभित्र सेटिङ मिलाएर युएई पुर्याएका छन् । 

युएईमा समेत सक्रिय रहेका केही नेपाली तस्कर र दलालको गिरोहले भिजिट भिसा निकालेर १९ जना नेपालीलाई अलपत्रमा पारेको पीडित नेपालीको उद्धारमा सक्रिय अभियन्ता सहदेव मंग्रातीले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“दलालको समूहले नेपालबाट भिजिट भिसामा सिधा युएईमा ल्याएर एउटा सानो कोठाभित्र १९ जनालाई खचाखच राखेका छन् । पीडित दाजुभाइहरूले हामीलाई कहिले काम लगाइदिने भनेर सोध्दा उल्टो पीडितमाथि दलालका केही जत्थाले कुटपिट पनि गर्ने गरेका  छन्,” मंग्रातीले पीडितलाई उद्धृत गर्दै भने । 

दलालहरूमा पवित्र अधिकारी र युएईमा बसेर सेटिङ मिलाउने प्रेम पाण्डे (साजन) रहेका छन् । दलाल पाण्डेले नेपालबाट युएई पुर्याइएका १९ जना पीडितबाट प्रतिव्यक्ति एक–एक हजार अमेरिकन डलर असुल गरेको पीडितले जनाएका छन् । 

Global Ime bank

पीडित हुनेमा कनार गुरुङ लमजुङ, राजकुमार श्रेष्ठ डोटी, लोकबहादुर डाँगी बाँके, नेत्र राउत हुम्ला, सुरेश चौधरी इटहरी, मुकेस घले लमजुङ, बिनोद नेपाली सल्यान, कुलबहादुर केसी दाङ, वीरेन्द्र घिसिङ धनकुटा, सुरेन्द्रप्रकाश चन्द रुकुम, चन्द्रबहादुर डाँगी बर्दिया, पूर्णबहादुर पुन सल्यान, जीवन घिसिङ धनकुटा, बसन्त राज खत्री रोल्पा (हाल दाङ), पदम ओली दाङ, तेजबहादुर गुरुङ लमजुङ, प्रेमप्रकाश केसी रुकुम, पूर्ण राजबंशी झापा र अर्जुन नेगी चितवन रहेका छन् । 

पीडितलाई दलालले सेल्समेन, लाइफ गार्डलगायतका काममा लगाइदिने भन्दै युएई पुर्याएका थिए । अलपत्र केहीको भिसा अवधि सकिएपनि थप नगरिदिएकाले अवैधानिक भएका छन् । पीडित काठमाडौंस्थित अर्थलाइन ट्राभल्समार्फत ४ लाख रुपैयाँसम्म तिरेर युएई पुगेका छन् । 

नेपालीले नेपालीलाई नै भिजिट भिसामार्फत युएई पुर्याउँदै ठगी गर्ने गरेका छन् । युएईमा समेत विभिन्न कम्पनीमार्फत ठूलो रकममा युएई पुर्याउने र ठगी गर्ने क्रम बढिरहेको पीडितले बताएका छन् । 

केही समयअघि पीडितले दूतावासमा निवेदन पनि दिएका थिए । निवेदन दिएपछि समस्या समाधानमा दूतावासले आश्वासन दिएको थियो तर अहिले दूतावासले आफूहरूको मुद्दालाई बेवास्ता गर्दै, “नेपाल गएरै मुद्दा लड” भन्ने गरेको पीडितको गुनासो छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC