site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिका–उत्तर कोरिया झनै विवादमा, अमेरिकाले उत्तर कोरियाको यात्रामा प्रतिबन्ध लगाउने ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकाले उत्तर कोरियाको यात्रामा प्रतिबन्ध लगाउने भएको छ । उत्तर कोरिया घुम्न जानको लागि सम्पर्क गर्नुपर्ने दुई टुर कम्पनीलाई अमेरिकी सरकारले यसबारे जानकारी गराएपछि उक्त खबर सार्वजनिक भएको हो ।

उत्तर कोरिया भ्रमणको लागि व्यवस्था गर्दै आएको कोर्यो टुर्सले उक्त यात्रा प्रतिबन्धको घोषणा २५ जुलाईमा हुने र ३० दिनपछि व्यवहारमा आउने बताएको छ ।

Agni Group

अमेरिकाको उत्तर कोरियासम्बन्धि मामिला हेर्दै आएको प्योङ्याङ्स्थित स्वीडिस एम्बेसीले उक्त जानकारी आफुलाई दिएको तर यो प्रतिबन्ध कहिलेसम्म रहन्छ भनेर केही पनि नबताएको जनाएको छ ।

उत्तर कोरिया भ्रमणबारे सम्पर्क गर्नुपर्ने योङ्ग पायोनियर टुर्सले पनि आफ्नो वेबसाइटमा आफुलाई पनि यसबारे जानकारी गराइएको उल्लेख गरेको छ ।

Global Ime bank

३० दिनपछि कुनै अमेरिकी नागरिक उत्तर कोरिया भ्रमणमा आएमा उसको पासपोर्ट सरकारले रद्द गर्ने पनि उल्लेख गरेको छ ।

यसबारे दक्षिण कोरियाको राजधानी सियोलमा रहेको अमेरिकी दूतावासले केही पनि जवाफ नदिएको रोयर्टसले जनाएको छ ।

सन् २०१५ को अन्त्यमा उत्तर कोरियामा समातिएका अमेरिकी विद्यार्थी ओट्टो वार्मविएर पनि योङ पायोनियरबाट एजेन्सीबाट नै उत्तर कोरिया भ्रमणमा गएका थिए ।

विभिन्न समयमा प्रतिबन्ध खेप्दै आएको उत्तर कोरियाले विदेशी नागरिकलाई निकै छोटो र कम समयको लागि आफ्नो देश भ्रमणमा आउने अनुमति भने दिदैं आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४  ०२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC